धनगढी न्यूज

नाग पञ्चमी : किन नेपालीहरूले यसलाई मनाउँछन्?”

नागराजसँग ब्रह्माको संवाद भएको तिथिका रूपमा श्रावन शुक्ल पञ्चमीका दिन नागपञ्चमी पर्व मनाइन्छ।

यो पर्वमा नागको अष्टकूल अर्थात् अनन्त, वाशुकी, पद्म, महापद्म, तत्क्षक, कुलीर, कर्कट र शंख नागको चित्रमा दुध, दही, अक्षता, फूल, दुबो, आदिले विधिपूर्वक पूजा गरेर दुध र नैवद्ध चढाइन्छ।

यस्तो विधि सकिएपछि नागको तस्बिरलाई घरको मूल ढोकामा टाँसिन्छ। यसरी नागको तस्बिर टाँस्नाले घरमा चट्याङ, आगो र सर्पको डर हुँदैन भन्ने धार्मिक मान्यता छ।

भगवान श्री कृष्णको पद चिन्हलाई कलीय नागले आफ्नो शिरमा राख्ने सौभाग्य पाएकाले उसका सन्तानलाई मार्नु हुँदैन भन्ने विश्वासका साथ पनि नागको पूजा गरिने व्रह्मण पुराणमा उल्लेखित छ।

नागपञ्चमीको दिनदेखि वर्षा याम समाप्त भई हिउँद याम सुरु भएको मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×