Skip to main content

धनगढी न्यूज

बैतडी समाजको १३ औँ रक्तदान महोत्सव

Advertisement

धनगढी ।   कैलालीमा १३ औं वृहत  रक्तदान महोत्सव सम्पन्न भएको छ । “रक्तदान जीवन् दान“ को मुल मर्मलाई आत्मसात गर्दै कैलाली उद्योग बाणिज्य संघ, कैलालीको सहकार्य र रेडक्रस सोसाइटी कैलालीको प्राविधिक सहयोगमा उत्तरबेहडीस्तिथ पदमा हेल्थ (नर्सिङ) कलेजको प्राङ्गणमा बैतडी समाज कैलालीले १३औँ रक्तदान महोत्सव सम्पन्न भएको हो  ।


सो रक्तदान महोत्सवमा ७७ जनाले रगत दान गरेका छन् । जस मध्ये  ३० जनाले पहिलो पटक गरेको  बैतडी समाज कैलालीका अध्यक्ष माया प्रकाश भट्टले बताए ।

बैतडी समाज कैलाली हरेक बर्ष रक्तदान महोत्सवको आयोजना गरी रगत अभावलाई केही हद सम्म भए पनि सहयोग गरी रहेको समाजका अध्यक्ष भट्टले बताए ।

यसपटकको उक्त रक्तदान महोत्सवमा धनगढी प्राविधिक नमुना बिद्यालयका थुप्रै बिद्यार्थी हरु सहित ३० जनाले पहिलोपटक रक्तदान गरेको कार्यक्रम संयोजक वीर बहादुर महराले बताउनु भयो । पहिलोपटक रक्तदान गर्नु हुने रक्तदाता महानुभावहरुलाई स्थानीय विभिन्न समाजसेवी ब्यक्ति, अस्पताल, रेस्टुरेन्ट, सर्जिकल हाउस, बेकरी तथा कलर ल्याब हरुले आफ्नो सेवा सुबिधामा पुर्ण निःशुल्क र केहिमा विशेष छुट पाउने गरि रक्तदाताको सम्मान मा समाज संङ्ग हातेमालो गरेको कुरा कार्यक्रम का सह–संयोजक लोकेश भट्ट ले बताए।

रक्तदान महोत्सव बिहान ८ः०० बजे देखि शुरु भएर करिब १ बजे सम्म सञ्चालन भएको हो । समाजले रक्तदान महोत्सवमा सहभागि भएका सम्पुर्णको लागि चियापान, खिर र खानाको समेत ब्यवस्था गरेको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...