Skip to main content

धनगढी न्यूज

दिनभर पालिका, साँझबिहान खेतबारीमा

Advertisement

सुर्खेत, साउन ३० गते । चिँगाड गाउँपालिका–५ का अवलचिङका खड्क चन्द गाउँपालिकाका सहकारी उद्योग शाखा प्रमुख हुनुहुन्छ । दिनभर पालिकामा आएका सेवाग्राहीलाई सेवा दिई बिहानबेलुका नजिकैको बारीमा पुगी तरकारीको हेरविचार गर्नुहुन्छ ।

त्यति मात्र होइन पाकिसकेका तरकारीको बजारीकरण गर्न सदरमुकाम वीरेन्द्रनगरसहित यताउता खटिनुहुन्छ । पालिकाको उद्योग र सहकारी शाखाबाट यससम्बन्धमा सेवा दिने उहाँ आफैँ तरकारी खेतीमा संलग्न भई कृषक बन्नुभएको छ ।

तरकारी खेती गर्ने उहाँ मात्रै एक्लो कर्मचारी होइन । पालिकाका अन्य १६ जना कर्मचारी मिलेर अहिले स्थानीयको जग्गा भाडामा लिई तरकारी खेती गरिरहेका छन् । स्थानीय बासिन्दाको १५० रोपनी जग्गा भाडामा लिएर उनीहरूले साझा कृषि तथा पशुपन्छी फर्म दर्ता गरी अहिले विभिन्न तरकारी खेती गरिरहेका छन् ।

गत वैशाख दोस्रो सातामा सामूहिक तरकारी खेतीको योजना बनाएका प्रतिव्यक्ति ५० हजार रुपियाँ सङ्कलन गरी वैशाख तेस्रो साताबाट तरकारीका लागि बारी खनजोत सुरु गरिएको थियो । साउनको तेस्रो सातासम्मको अवधिमा करिब चार लाख मूल्यको तरकारी उत्पादन भई बिक्री भइसकेको चन्दले बताउनुभयो । तरकारी लिन व्यापारी बारीमै पुग्ने गरेका छन् । साउनको अन्तिमसम्म तरकारी बिक्रीबाट पाँच लाख आम्दानी हुने अनुमान उहाँको छ । सिमी, बन्दा, मुला, भिन्डी, साग, खुर्सानी, करेला, धनियाँ उत्पादन भई बिक्री भइसकेको छ भने अब गोलभेडालगायतका तरकारी बिक्री हुने तयारीमा छ । स्थानीय जग्गाधनीलाई वार्षिक प्रतिरोपनी छ हजार रुपियाँ भाडा लिने गरी जग्गा दिइएको छ । अनुदानका लागि पालिकाका धेरै जसो कर्मचारीले सामूहिक तरकारी खेती गर्न लागेको भनेर विभिन्न आरोप लगाइए पनि आफूहरूले व्यक्तिगत रूपमा खर्च गरेर काम गरेपछि बल्ल स्थानीयको सोचमा परिवर्तन आएको उहाँको भनाइ छ ।

तरकारी खेतीमा लागेपछि जागिर सेवाको समयमा कुनै हस्तक्षेप नगरेको उनीहरू बताउँछन् । तरकारी खेतीमा चन्दसँगै १६ जना कर्मचारी संलग्न छन् । जिन्सी शाखा प्रमुख शेरबहादुर बुढा, राजस्व शाखा प्रमुख सुवास बिसी, रोजगार संयोजक तेजकुमार राना, योजना प्रमुख राजेन्द्र गाहा, पशु शाखा प्रमुख शेरबहादुर राना, खानेपानी शाखा प्रमुख हरिप्रसाद भट्टराई, प्राथमिक स्वास्थ्य केन्द्रका जीवन पौडेल, कृषि स्नातक टीकाराम खड्का, इन्जिनियर फिरोज प्रकाश खत्री तरकारी खेतीमा संलग्न हुनुहुन्छ । यस्तै सूचना प्रविधि अधिकृत टोपबहादुर राना, योजना शाखाका प्रेमबहादुर राना, अमिन डिकेन्द्र राना, उद्यम विकास सहजकर्ता नन्दबहादुर जिसी, रोजगार प्राविधिक भवानीप्रसाद शर्मा र कृषि शाखामा कार्यरत ताराप्रसाद न्यौपाने पनि तरकारी खेतीमा संलग्न हुनुहुन्छ ।

अन्य पाँच जना कर्मचारी थप हुने क्रममा छन् । यसरी कर्मचारीहरूले सामूहिक तरकारी खेती गर्न थालेपछि अन्य सर्वसाधारण पनि तरकारी खेतीमा हौसिएका छन् । दिउँसोको जागिरबाहेक बिहानबेलुका अनावश्यक खेर गइरहेको समयलाई कृषिमा लगानी गरी थोरै भए पनि आम्दानी गर्न सकिन्छ, स्थानीय रूपमा रोजगारी दिन सकिन्छ भन्ने उद्देश्यले पालिकाका कर्मचारीले सामूहिक तरकारी खेती गरिएको उद्योग शाखा प्रमुख चन्दले बताउनुभयो । उहाँहरूले उत्पादन गरेको तरकारी अहिले वीरेन्द्रनगर र नेपालगन्जसम्म पुगेको छ । अहिले १५० रोपनी जग्गामा तरकारी खेती गरिएको र आगामी वर्षभित्र चार सय रोपनी थप गरी तरकारी खेती विस्तार गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

तरकारी खेतीका साथै प्राङ्गारिक मलका लागि उहाँहरूले अहिले १० वटा पाडापाडी पनि पाल्नुभएको छ । तरकारी खेतीका लागि एक जना कृषि जेटिए र एक जना आइएससी एजीका कर्मचारी राख्नुभएको छ भने दैनिक २० जनासम्म स्थानीयलाई रोजगारी दिएको चन्दले बताउनुभयो । चिँगाड गाउँपालिकाभर तरकारी खेती विस्तार गरी सुर्खेतलाई आत्मनिर्भर बनाई बाहिर पठाई भारत तथा अन्यत्रबाट भित्रिने तरकारीलाई रोक्नु आफूहरूको योजना रहेको उहाँले सुनाउनुभयो ।

कर्मचारीहरू मिलेर तरकारी खेती गरेपछि गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीलगायतले बेला बेलामा अनुगमन गरी अन्यलाई पनि तरकारी खेती गर्न सुझाव दिनुभएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...