Skip to main content

धनगढी न्यूज

जितुको ‘ज्वाइँसाब’ र दीपक–दीपाको ‘छक्का पञ्जा-५’ भिड्ने पक्का

Advertisement

काठमाडौं यसपालीको दसैंको फूलपातीमा दुई नेपाली फिल्म हलमा लाग्ने भएका छन् ।

बक्स अफिसमा सर्वाधिक हिट सिरिज छक्का पञ्जाको पाचौँ सिक्वेल ‘छक्का पञ्जा–५’ तथा जितु नेपाल र नीति शाह शीर्ष भूमिका रहेको फिल्म ‘ज्वाइँसाब’ असोज २४ गते प्रदर्शनमा आउन लागेका हुन् । 

छायाकंनमा निस्किँदा जेठमै छक्का पञ्जा टिमले प्रदर्शन मिति फूलपातीलाई तोकेको थियो । प्रचार सामाग्रीका रुपमा यस फिल्मको गीत सोमबार सार्वजनिक भएको छ ।

यता जितु नेपालको फिल्म ‘ज्वाइँसाब’ले मंगलबार दुई पोस्टर सार्वजनिक गर्दै फूलापातीलाई नै प्रदर्शन मिति तोकेको छ । यससँगै यी दुई फिल्मले हलमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ । 

महानायक विवादमा मुछिएपछि जितुले ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट दीपाश्री निरौलालाई निकालेका थिए । त्यसपछि जितु छक्का पञ्जा टिमबाट बाहिरिए । यही कारण जितु र छक्का पञ्जा टिमबीच सहकार्यको वातावरण बन्न सकेको छैन ।

 ‘ज्वाइँसाब’ टिमले ‘छक्का पञ्जा-५’ सँग प्रदर्शन मिति जुधाएपछि जितु र दीपाको ४ वर्ष पुरानो विवाद बल्झिएको छ । सामाजिक सञ्जालमा यो विवादले स्थान पाएको छ ।

आमा सरस्वती मुभिज र आईएमीको प्रस्तुतिमा बन्ने गरेको ‘छक्का पञ्जा- ५’ को निर्देशक दीपाश्री निरौला हुन् ।

त्यस्तै, रेड आई फिल्मस्ले मौसम फिल्मस्सँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘ज्वाइँसाब’को निर्देशक वसन्त निरौला हुन् । यसका निर्माता मीनादेवी खड्का सौगात पण्डित, पदमलाल तामाङ हुन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...