Skip to main content

धनगढी न्यूज

गट्ठाघर दुर्घटना ट्रकचालकको लापर्बाही

Advertisement

काठमाडौँ, भदौ ५ गते । भक्तपुरको गट्ठाघरमा साउन ३१ मा ट्रकले स्कुटरलाई ठक्कर दिएको घटनाबारे छानबिन समितिले ट्रकचालकको लापर्बाहीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको छ ।

बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा ओखलढुङ्गाको चिसङ्खुगढी–४ का उत्तम कोइरालाको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरी उपरीक्षक प्रजित केसी नेतृत्वको छानबिन समितिले सो दुर्घटनाबारे तयार पारेको प्रतिवेदन मङ्गलबार उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण वज्राचार्यलाई बुझाएको छ ।

वज्राचार्यले ट्रकचालकको गम्भीर लापर्बाहीका कारण दुर्घटना भएको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिनुभयो । समितिले दुर्घटनास्थलको सिसिटिभी फुटेज, प्रत्यक्षदर्शीको बयान तथा घटनास्थलमा तैनाथ ट्राफिक प्रहरीसँग सोधपुछलगायत प्राविधिक विषयमा छानबिन गरको थियो ।

छानबिन समितिसँगको बयानमा स्कुटरलाई ठक्कर दिने ट्रकचालक सर्लाहीका सतेन्द्र श्रेष्ठले स्कुटरलाई आफूले नदेखेको र एक्कासि ट्रकमा ठोक्किएको आवाज आएपछि रोकेर हेर्दा मात्र दुर्घटना भएको देखिएको बयान दिएको बताइएको छ । घटनास्थलको सिसिटिभी फुटेजमा स्कुटरसहित चालकलाई ट्रकले केही मिटर लछारेको देखिएको छ । एआइजी वज्राचार्यले घटनास्थलको छानबिन गर्दा कम्तीमा ३० मिटरको दुरीमा ट्राफिक प्रहरीले गति सीमित चेकजाँच गरेको र उक्त चेकजाँचभन्दा अघि दुर्घटना भएकाले ट्राफिक प्रहरीको कमजोरी नदेखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पो कमजोरी छ कि भनेर गम्भीर रूपमा हे¥यौँ, चेकजाँचमै नपरेका स्कुटर र ट्रक चेकजाँचभन्दा ३० मिटरअघि बढेपछि भएको पाइयो, दुर्घटनाको कारण ट्रकचालकको लापर्बाही नै देखिएको छ ।”

प्रहरी उपरीक्षक केसी नेतृत्वको समितिले ट्रकभन्दा पछाडि भएको अर्का गाडी चालकसँग पनि सोधपुछ गरेको थियोे । सो दुर्घटनाबारे जिल्ला प्रसाशन कार्यालय भक्तपुरले पनि छानबिन गरिरहेको छ । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, मेकानिकल इन्जिनियरसहितको छानबिन समितिले ट्रकको यान्त्रिक परीक्षणसहितको रिपोर्ट प्रतिवेदन आगामी आइतबारसम्म तयार गर्ने गरी काम अघि बढाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...