Skip to main content

धनगढी न्यूज

डडेल्धुराको अमरगढी किल्लाको बेहाल, तीनै तहका सरकारको बेवास्ता

Advertisement

धनगढी : डडेल्धुराको अमरगढी नगरपालिका–५ खलंगामा रहेको ऐतिहासिक अमरगढी किल्लाको बेहाल भएको छ। राष्ट्रिय बिभुती अमरसिंह थापाले निर्माण गरेको किल्लाको संरक्षण तथा मर्मत–सुधारको अभावमा बेहाल भएको हो।

बाइसे–चौबिसे राज्य एकीकरणसँगै डोटेली राज्यमा रहेर पश्चिम प्रशासक भएका बडाकाजी अमरसिंह थापाले कुमाउमा रहेको अग्रेजसँग लडाइँ लड्न अमरगढी किल्ला बनाएका हुन्। समुद्री सतहबाट किल्लाको उचाइ लगभग ६ हजार पाँच सय फिट छ। बडाकाजी थापाले निर्माण गरेको किल्लामा कलात्मक र ठूलाठूला ढुङ्गा प्रयोग गरिएका छन्। तर, अमरगढी नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार र सङ्घीय सरकारको बेवास्ताका कारण किल्लाको बेहाल भएको छ।

 

पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए। रणबहादुर शाहको शासन कालमा बहादुर शाहकै नेतृत्वमा नेपालको सिमाना सुरुमा कुमाउ गढवालसम्म पुगेको थियो। एकीकरण अभियानको क्रममा ३१ भदौ १८४७ मा सेती नदीको नारीदाङ भन्ने स्थानमा गोरखाली फौज र डोटेली फौजबिच घमासान युद्ध भयो। डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रथम प्रशासक नियुक्त भएका थिए।

तिनै अमरसिंह थापाले यस क्षेत्रको संरक्षण तथा महाकालीपारि पश्चिम काँकडासम्म विजय अभियानलाई जारी राख्न यो किल्ला निर्माण गर्न लगाएका थिए। त्यसैले उनकै नामबाट यो अमरगढी किल्लाका रूपमा परिचित छ। काँकडा र कुमाउको अलमोडामा नेपालले हार बेहोरेपछि यो क्षेत्रको सदरमुकाम दीपायल सिलगढी सरेको बताइन्छ।

अमरगढी किल्लाभित्र सैनिकका लागि २२ वटा गुफा बनाइयो। त्यस्तै, युद्ध छल्न तथा सफलताका लागि शस्त्रनिरोध मार्ग निर्माण गरिएको छ। किल्लाको माथिल्लो भागका ठूलाठूला रुखले किल्लाकै ऐतिहासिक गौरव झल्किन्छ भने किल्लाको बीच भागका रहेको भैरव मन्दिरले धार्मिक महत्त्व झल्काउँछ। यो विशाल किल्लाकै कारण १८७३ को अङ्ग्रेज सितको लडाईमा महाकाली वरिको भूमि संरक्षण भयको थियो। नेपालका १० किल्लाहरूमा अमरगढी किल्ला एक हो। जुन संरक्षणको अभावमा जीर्ण हुँदै गएको छ।

अमरगढी किल्लाको प्रवेशद्वारमा बडाकाजी अमरसिंह थापाको सालिक छ, जहाँ ‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ’ लेखिएको छ। त्यही किल्लाको नामले अमरगढी नगरपालिका नामाकरण भएको हो। नगरपालिकाले अमरसिंह थापाको नयाँ सालिक भने स्थापना गरेको छ। जगर प्रमुख डिल्लीराज जोशीले गोर्खा पुगेर नयाँ मुर्ति तयार पारेका हुन।

नगर प्रमुख डिल्ली राज जोशीले नगरपालिकाको बजेटमा मात्र किल्लाको संरक्षण गर्न नसकिने बताए। उनले भने, ‘हामीसँग बजेट कम हुन्छ। प्रदेश र सङ्घ सरकारबाट किल्लाका लागि बजेट आउदैन। बजेट नभएकाले किल्लाको संरक्षणको काम गर्न सकिएको छैन।’ किल्ला संरक्षणमा तीन वटै तहका सरकारले चासो नदिँदा ओझेलमा पर्दै गएको हो। अमरगढी किल्लामा रहेका ऐतिहासिक हतियार अहिले किल्लामा छैनन्।

युद्ध लड्दा प्रयोग भएका घरेलु हातहतियार, बन्दुकलगायत अन्य हतियार रहेको र त्यसबेला प्रत्येक वर्ष दसैँको फूलपातीको दिनमा किल्लामा रहेका राजा तथा रानी तोप लगेर टुँडिखेलमा पड्काउने गरिएको थियो। २०५८ देखि २०६६ सालसम्म तत्कालीन विद्रोही माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिन अमरगढी किल्ला नेपाली सेनाले आफ्नो मातहतमा थियो।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...