Skip to main content

धनगढी न्यूज

गौरीफन्टा र गड्डाचौकी सीमा नाकामा घर फर्कनेको घुँइचो, कुकुरबाट चेकजाँच

Advertisement

धनगढीः कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा घर फर्कनेहरुको घुँइचो लागेको छ।

सबैभन्दा बढी गौरीफन्टा र त्यसपछि गड्डाचौकी सीमा नाकामा घर फर्कनेहरुको घुँइचो लाग्न थालेको छ। हिन्दुहरुको महान चाड बडा दशैं सुरु भएसँगै यहाँका सीमा नाकाहरुमा स्वदेश फर्कनेहरुको संख्या उल्लेख्य रुपमा बढेको हो। घर फर्किनेको चाप बढेपछि गड्डाचौकी नाकामा त चेकजाँचका लागि कुकुर नै प्रयोग गरिएको छ।

सोमबारदेखि नाकामा दुईवटा कुकुरको प्रयोग गरिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरीको केनाईन शाखाबाट शेरा र लैला नामका कुकुर ल्याइएको हो। दुवै कुकुरले गड्डाचौकी र कैलालीको गौरीफण्टा नाकामा आलोपालो जाँच गर्नेछन्।

           

हिजो दिनभरि गड्डाचौकीमा कुकुरको प्रयोग गरेर जाँच गरिएको उनले बताए। आज पनि गौरीफण्टामा जाँच गरिनेछ। भीडभाडका बेला लागुऔषध तथा अन्य अवैध मालसामान भित्रिन सक्ने भएकाले कुकुरको प्रयोग गरिएको हो। गड्डाचौकीमा खटाइएको कुकुरले एउटाले विस्फोटक पदार्थ र अर्कोले लागुऔषध पहिचान गर्छन्। यता त्रिनगर नाकाको पाँच सय मिटर क्षेत्रमा तीन ठाउँमा सशस्त्र प्रहरी, एक ठाउँमा भन्सार कार्यालय, एक ठाउँमा नेपाल प्रहरी, एक ठाउँमा भारतीय भन्सार र एक ठाउँमा सीमा सुरक्षा बल एसएसबीले समेत चेकजाँच गर्दै आएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...