धनगढी न्यूज

सुदूरपश्चिम रोयल्सको धनगढीमा आइतबार टाइलेण्ट हण्ट र सोमबार र्‍याली

Advertisement

नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतबार टाइलेण्ट हण्ट आयोजना गर्ने भएको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा बिहान ९ बजेदेखि टाइलेण्ट हण्ट सुरु हुने सुदूरपश्चिम रोयल्सले जनाएको छ । टाइलेण्ट हण्ट छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा लगायत प्राविधिक टोली शनिबार नै धनगढी पुगिसकेको छ ।

टाइलेण्ट हण्टमा सहभागी हुन चाहाने खेलाडीहरुका लागि सुदूरपश्चिम रोयल्सले अनलाइन रजिष्टेसन मार्फत खेलाडी दर्ताको लागि १५ दिन अगाडी नै सूचना जारी गरेको थियो । टाइलेण्ट हण्टमा सहभागी हुन अहिलेसम्म सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट दुई सय भन्दा बढी खेलाडीहरुले नाम दर्ता गराएको रोयल्सले जनाएको छ ।

नेपाल क्रिकेट संघ क्यानले एनपिएलका लागि हरेक फ्रेन्चाइज टोलीले टाइलेण्ट हण्टबाट एउटा आइकोनिक खेलाडी छनोट गर्नुपर्ने प्रावधान राखेको थियो । आइतबार टाइलेण्ट हण्ट सकेर सुदूरपश्चिम रोयल्सले केहि दिन धनगढीको फाप्ला खेलमैदान र कञ्चनपुरको महेन्द्रनगरमा बन्द प्रशिक्षण थाल्नेछ ।

त्यस्तै सुदूरपश्चिम रोयल्सले मंसिर ३ गते धनगढीको चौराहादेखि रङ्गशालासम्म र्‍यालीको पनि आयोजना गर्ने भएको छ । र्‍यालीमा सहभागी हुन मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी, आरिफ शेख,विनोद भण्डारी लगायत टिममा आबद्ध नेपालमा उपलब्ध भएका सबै खेलाडीको सहभागिता रहने र र्‍यालीको तयारी भइरहेको सुदूरपश्चिम रोयल्सका मुख्य कार्यकारी अधिकृत प्रकाश खड्काले बताए ।

उनले सुदूरपश्चिमको पहिचानलाई थप उचाइमा पुगाउन सुदूरपश्चिम रोयल्सको सिंगो टिम लागि परेको भन्दै धनगढीमा उपलब्ध हुने सबै सुदूरपश्चिमीलेलाई र्‍यालीमा सहभागी भएर टिमको हौसला बुलन्द गरिदिन हुन आग्रह समेत गरेका छन् ।

 

त्यसपछि टिम मंसिर १५ गतेबाट काठमाण्डौंमा आयोजना हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा सहभागी हुन काठमाण्डौं जानेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गर्मी तथा वर्षायाममा स्वस्थ रहन के गर्ने ?

गर्मी तथा वर्षायाममा स्वस्थ रहन के गर्ने ?

धनगढी – गर्मी अनि वर्षायाममा स्वास्थ्य प्रति सचेत भइएन भने विभिन्न किसिमका स्वास्थ्य समस्या आउन सक्ने चिकित्सक बताउँछन् । मौसम...
ने.वि.संघ सुदुर पश्चिमाञ्चल क्याम्पस ईकाइ समितीद्वारा होली मिलन कार्यक्रम आयोजना

ने.वि.संघ सुदुर पश्चिमाञ्चल क्याम्पस ईकाइ समितीद्वारा होली मिलन कार्यक्रम आयोजना

नेपाल विद्यार्थी संघ सुदुर पश्चिमाञ्चल क्याम्पस ईकाइ समिती द्वारा वि.सं. २०८१ सालको फागु पुर्णिमाको अवसरमा होली मिलन कार्यक्रम...
इसेवाद्वारा सुदुरपश्चिम प्रदेशका एजेन्ट तथा मर्चेन्टहरूलाइ  प्रशिक्षण प्रदान

इसेवाद्वारा सुदुरपश्चिम प्रदेशका एजेन्ट तथा मर्चेन्टहरूलाइ  प्रशिक्षण प्रदान

वालेट सेवा प्रदायक कम्पनी इसेवा लिमिटेड र जिएसएमए मोबाइल फर डेभ्लपमेन्टको सहकार्यमा धनगढीमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्...

Book Free! Friday !!

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×