Skip to main content

धनगढी न्यूज

अत्तरिया उद्योग वाणिज्य संघका १० पदाधिकारीद्वारा राजीनामा

Advertisement

अत्तरिया उद्योग वाणिज्य संघका १० जना पदाधिकारीले राजीनामा दिएका छन् । बुधवार संघका पदाधिकारीले पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा संघका उद्योग उपाध्यक्ष दल बहादुर खड्का, वाणिज्य उपाध्यक्ष फागुराम चौधरी, बस्तुगत उपाध्यक्ष चेतराज पन्त, महासचिव शंकर खड्का, कोषाध्यक्ष हेम राज भण्डारी लगायतका पदाधिकारी छन् ।
पत्रकार सम्मेलनमा बोल्दै संघका उद्योग उपाध्यक्ष खड्काले अध्यक्ष कल्याण सिंह बोहराले महोत्सवमा नक्कली टिकट ठेली बराबरको बिगो रकम तिरेर माफी मागेपछि आफूहरूले माफी दिएको बताए । उनले अध्यक्षले गल्ती स्वीकार गरेर अदालतमा गएर मिलापत्र गरेको बताए । ‘अध्यक्षको नेतृत्वदायी भूमिका राम्रो देखिएन । अध्यक्षले साँझ एक कुरा गर्ने बिहान एक कुरा गर्ने गरेका छन्’ उनले भने ‘अहिलेको नेतृत्वमा जान सक्ने अवस्था नभएकाले हामीले नयाँ कार्यसमितिको निर्वाचनको माग गर्दै राजीनामा दिएका हौ ।’
महासचिव शंकर खड्काले अध्यक्षलाई आम माफी दिए पनि तिनै अध्यक्षको नेतृत्वमा बस्न नैतिकताले नमिलेर राजीनामा दिएको बताए ।
‘पुरानै तरीकाले हामी जान नचाहेर हामीले नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढाउन राजीनामा दिएका हौ’ उनले भने ‘अध्यक्षले आफू र बम बहादुर बोगटीको विरुद्धमा मुद्दा हाल्नु पनि गल्ती भएको भनेर माफी मागेपछि हामीले माफी दियौ । तर, हामीलाई वहाँको नेतृत्वमा बस्न नैतिकताले नमिलेकाले राजीनामा दिएका छौ ।’ उनले माफी माग्ने र बिगो भर्ने मान्छे सार्वजनिक रूपमा भनिसकेपछि दोषी को हो भनेर जनताले आफै बुझिसकेको बताए ।
संस्थाका सदस्य बम बहादुर बोगटीले नक्कली टिकट प्रकरणमा आउने बित्तिकै राजीनामा दिन चाहेको भए पनि त्यति बेला सम्भव नभएको बताए । उनले १ वर्ष सम्म पनि अदालतबाट निर्णय नभएको अवस्थामा अध्यक्षले माफी मागेपछि आफूहरूले माफी दिएको बताए । संघका १० जना पदाधिकारीको हस्ताक्षर रहेको राजीनामा पत्रमा नक्कली टिकट ठेलीमा भएको हानी नोक्सानी बाफतको क्षतिपूर्ति रकम १ लाख २८ हजार बैंकमा अध्यक्ष कल्याण सिंह बोहराले संस्थाको खातामा दाखिला गरी माफी मागेको उल्लेख छ ।
अदालतमा विचाराधीन मुद्दामा अध्यक्षले गल्ती स्वीकार गरी आम माफी मागिसकेको पदाधिकारीले पनि माफी दिएको राजीनामा पत्रमा जनाइएको छ । राजीनामा पत्रमा अध्यक्षको बोली र काम कारबाही कार्यान्वयनमा कुनै पनि सत्यता र विश्वसनीयता नदेखिएकाले राजीनामा दिएको उल्लेख छ । राजीनामा पत्रमा तुरुन्त आम चुनाव गर्न पनि माग गरिएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...