20
Nov
अत्तरिया उद्योग वाणिज्य संघका १० जना पदाधिकारीले राजीनामा दिएका छन् । बुधवार संघका पदाधिकारीले पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिएका हुन् । राजीनामा दिनेमा संघका उद्योग उपाध्यक्ष दल बहादुर खड्का, वाणिज्य उपाध्यक्ष फागुराम चौधरी, बस्तुगत उपाध्यक्ष चेतराज पन्त, महासचिव शंकर खड्का, कोषाध्यक्ष हेम राज भण्डारी लगायतका पदाधिकारी छन् । पत्रकार सम्मेलनमा बोल्दै संघका उद्योग उपाध्यक्ष खड्काले अध्यक्ष कल्याण सिंह बोहराले महोत्सवमा नक्कली टिकट ठेली बराबरको बिगो रकम तिरेर माफी मागेपछि आफूहरूले माफी दिएको बताए । उनले अध्यक्षले गल्ती स्वीकार गरेर अदालतमा गएर मिलापत्र गरेको बताए । ‘अध्यक्षको नेतृत्वदायी भूमिका राम्रो देखिएन । अध्यक्षले साँझ एक कुरा गर्ने बिहान एक कुरा…






