Skip to main content

धनगढी न्यूज

अर्जेन्टिना फिफा विश्वकप २०२६ मा छनोट

Advertisement

काठमाडौं : फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पेरुलाई १–० ले हराएको छ।

 

यो जितले लियोनल मेसीको टोलीले अमेरिका, मेक्सिको र क्यानडामा हुने २०२६ को विश्वकपमा स्थान पक्का गरेको छ।

जितपछि अर्जेन्टिना दक्षिण अमेरिकी छनोटको कम्तीमा पनि छैठौं स्थानभन्दा माथि रहने निश्चित भएको हो। यस क्षेत्रबाट ६ टोली विश्वकपमा छनोट हुने भएकाले साविक विजेता अर्जेन्टिना २०२६ को फिफा विश्वकप फुटबलमा छनोट हुने पक्का भएको छ।

ब्यूनस आयर्समा लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि निर्णायक गोल गरेका थिए। खेलको ५५ औं मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्रमा बल क्रस गर्दै मार्टिनेजलाई अवसर श्रृजना गरेका थिए।

इन्टर मिलान स्ट्राइकर मार्टिनेजलका लागि यो ३२ औं अन्तर्राष्ट्रिय गोल हो। यससँगै मार्टिनेजले अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको स्कोरिङ चार्टमा महान फुटबलर डिएगो माराडोनासँग बराबरी गरेका छन्। दुवै खेलाडी यस सूचीको पाँचौ स्थानमा छन्।

यस जितसँगै अर्जेन्टिना १२ खेलबाट २५ अंकसहित दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा छ। यो हारले पेरु सात अंकसहित राउण्ड रोबिन प्रतियोगिताको पुछारबाट माथि निस्कन सकेन।थाहा खबर बाट शाभार 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...