Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिमसँग विराटनगरको लज्जास्पद हार

Advertisement

धनगढीः विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध लज्जास्पद हार बेहोरको छ। मंगलबार भएको दोस्रो खेलमा विराटनगर ९० रनले पराजित भएको हो।

सुदूरपश्चिमले दिएको १८३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन मात्रै बनाउन सक्यो। यो प्रतियोगितामै बनेको सबैभन्दा कम स्कोर हो। यसअघि काठमाडौं गुर्खाजले चितवन राइनोजविरुद्ध सबैभन्दा कम १११ रन बनाएको थियो। उक्त कीर्तिमान पनि विराटनगरले तोडेको हो।

जितसँगै सुदूरपश्चिमले डेब्यु खेलमै दुई अंक जोडेको छ। विराटनगर भने अघिल्लो खेलमा जनकपुर बोल्ड्ससँग आठ विकेटले पराजित भएको थियो। विराटनगरका बसिर अहमद र राजेश पुलामीबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। २८ बल खेलेका बसिरले दुई चौकासहित सर्वाधिक २४ रन बनाए। राजेशले १५ बलमा एक छक्कासहित १५ रन बनाए।

सुदूरपश्चिमा  डेथ ओभर स्पेलिस्ट अभिनास बोहोरा र स्कट कुग्गेलिजनले समान तीन विकेट लिए। अविनासले तीन ओभरमा १७ रन दिँदै उत्कृष्ट प्रदर्शन देखाए। स्कटले चार ओभरमा ३० रन खर्चिए। ब्रान्डन म्याकमुलन र सैफ जैबको नाममा समान एक विकेट रह्यो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीको सानदार अर्धशतकसँगै निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८२ रन बनाएको हो। यो एनपिएलमा बनेको कीर्तिमानी रन हो। यसअघि जनकपुर बोल्ड्सले सोमबार कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य पूरा गरेको थियो। यो नै उच्च स्कोर थियो।

विराटनगरविरुद्ध सुदूरपश्चिमले खराब सुरुआत गरेको थियो। पहिलो पावर प्लेमै ओपनरद्वय अमित श्रेष्ठलाई एक र विनोद भण्डारीलाई २३ र आसिफ सेखलाई नौ रनमा गुमाएको थियो। तर, ब्रान्डन म्याकमुलनको ३६ र दीपेन्द्रसिंह ऐरीको अविजित ५७ रनले विराटनगरलाई कीर्तिमानी लक्ष्य दिन सफल भएको हो। विराटनगरका अनिल खरेलले सर्वाधिक तीन विकेट लिए। क्रिस सोल, इस्मत अलाम र बसिर अहमदले समान एक विकेट आफ्नो नाममा लेखाए।दिनेश खबर बाट शाभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...