Skip to main content

धनगढी न्यूज

Day: December 3, 2024

नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं : नेपाल र चीनबीच दुई देशका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उनीहरुको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ।   चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा भएको भेटवार्तापछि ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको  प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।थाहा खबर बाट शाभार  
Read More
सुदूरपश्चिमसँग विराटनगरको लज्जास्पद हार

सुदूरपश्चिमसँग विराटनगरको लज्जास्पद हार

धनगढीः विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध लज्जास्पद हार बेहोरको छ। मंगलबार भएको दोस्रो खेलमा विराटनगर ९० रनले पराजित भएको हो। सुदूरपश्चिमले दिएको १८३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन मात्रै बनाउन सक्यो। यो प्रतियोगितामै बनेको सबैभन्दा कम स्कोर हो। यसअघि काठमाडौं गुर्खाजले चितवन राइनोजविरुद्ध सबैभन्दा कम १११ रन बनाएको थियो। उक्त कीर्तिमान पनि विराटनगरले तोडेको हो। जितसँगै सुदूरपश्चिमले डेब्यु खेलमै दुई अंक जोडेको छ। विराटनगर भने अघिल्लो खेलमा जनकपुर बोल्ड्ससँग आठ विकेटले पराजित भएको थियो। विराटनगरका बसिर अहमद र राजेश पुलामीबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। २८ बल खेलेका बसिरले…
Read More
कञ्चनपुरमा पुनः बाघको आंतक, गाई–भैंसी चराउन गएका एक जना घाइते

कञ्चनपुरमा पुनः बाघको आंतक, गाई–भैंसी चराउन गएका एक जना घाइते

कञ्चनपुरः कञ्चनपुरमा पुनः बाघको आंतक बढेको छ। जिल्लाको दोधारा–चाँदनीमा बाघले आंतक मच्चाएको छ। बाघको आक्रमणबाट एक जना घाइते समेत भएका छन्। चार महिना अघि एक महिलाको ज्यान लिएको बाघले पुनः आतङ्क मच्चाएको छ। सोमबार बिहान बाघले दोधारा–चाँदनी नगरपालिका–२ सरस्वती टोलका ६३ वर्षीय शेरसिंह साउँदमाथि आक्रमण गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले गाँउकै मायापुरी जंगलमा गाईभैंसी चराउन गएको समयमा उनलाई आक्रमण गरेर घाइते बनाएको बताएका हुन्। बाघको आक्रमणबाट घाइते भएका साउँदको चिउडो र हातमा गम्भिर घाउ भएको छ। घाइते साउँदको दोधारा–चाँदनी नगर अस्पतालमा उपचार हुन नसकेपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ। गत साउन १७ गते मात्रै बाघकै…
Read More