धनगढी न्यूज

गाईले बाच्छी पाए १० हजार अनुदान

तम्घास : गुल्मीको सत्यवती गाउँपालिकाले पालिका भित्रका गाई सुत्केरी भए १० हजार रुपियाँ अनुदान दिने भएको छ।

 

पालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाच्छी हुर्काउने कार्यलाई प्रोत्साहन गर्नका लागि पहिलो पटक सुत्केरी भएको बाच्छी हुनुपर्नेछ। उक्त बाच्छी सुत्केरी भएमा गाईपालक कृषकलाई १० हजार रुपियाँ अनुदान दिने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालका अनुसार २०८१ साउन १ गतेदेखि २०८२ असार १५ गतेभित्र घरमा पालेको गाई पहिलो पटक सुत्केरी भएमा १० हजार रुपियाँ अनुदान स्वरुप कृषकलाई प्रदान गरिनेछ।

उक्त अनुदान लिनका लागि असोज ५ गतेसम्म आफूले पालेको कोरेली गाई वाली भएको जानकारी पालिकाको पशुपन्छी विकास शाखालाई जानकारी गराएको हुनुपर्नेछ।

अनुदान लिनका लागि निवेदन, तीन जना छिमेकीको मुचुल्का, वडा कार्यालयको सिफारिस, माउँ र बच्चा स्पस्ट देखिने फोटो र भेटेरिनरी प्राविधिकले स्थलगत अनुगमन गरी दिएको रिपोर्टको आधारमा कृषकको बैंक खातामा सिधै रकम भुक्तानी गरिने भुसालले बताए।

सत्यवती गाउँपालिकामा १२ वटा समूहका दुई सय दुई जना कृषकहरुले मासिक ३३ हजार लिटर दुध बिक्री गर्ने गरेको पशुसेवा शाखाका प्रमुख नारायण खनालले जानकारी दिए।

दुग्ध उत्पादक कृषकहरुलाई तालिम, उपकरणलगायतका सामग्रीहरु वितरण गर्दै आएको उनले बताए। थाहा खबर बाट शाभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×