Skip to main content

धनगढी न्यूज

Day: December 5, 2024

गाईले बाच्छी पाए १० हजार अनुदान

गाईले बाच्छी पाए १० हजार अनुदान

तम्घास : गुल्मीको सत्यवती गाउँपालिकाले पालिका भित्रका गाई सुत्केरी भए १० हजार रुपियाँ अनुदान दिने भएको छ।   पालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाच्छी हुर्काउने कार्यलाई प्रोत्साहन गर्नका लागि पहिलो पटक सुत्केरी भएको बाच्छी हुनुपर्नेछ। उक्त बाच्छी सुत्केरी भएमा गाईपालक कृषकलाई १० हजार रुपियाँ अनुदान दिने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालका अनुसार २०८१ साउन १ गतेदेखि २०८२ असार १५ गतेभित्र घरमा पालेको गाई पहिलो पटक सुत्केरी भएमा १० हजार रुपियाँ अनुदान स्वरुप कृषकलाई प्रदान गरिनेछ। उक्त अनुदान लिनका लागि असोज ५ गतेसम्म आफूले पालेको कोरेली गाई वाली भएको जानकारी पालिकाको पशुपन्छी विकास शाखालाई जानकारी गराएको…
Read More
काठमाडौंले फिल्डिङ गर्ने सुदुरपश्चिम ब्याटिङमा

काठमाडौंले फिल्डिङ गर्ने सुदुरपश्चिम ब्याटिङमा

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलमामा काठमाडौं गुर्खाजले टस जितेर फिल्डिङ रोजेको छ।   आजको दोस्रो खेलमा काठमाडौं र सुदुर पश्चिम रोयल्सबीच हुँदैछ। करण केसी काठमाडौं र दिपेन्द्रसिंश ऐरी सुदुर पश्चिमका मार्की खेलाडी हुन्।थाहा खबर बाट शाभार  
Read More
धनगढीमा खोलाको क्षेत्राधिकार छुट्याउन राखियो ‘डिजिपिएस’

धनगढीमा खोलाको क्षेत्राधिकार छुट्याउन राखियो ‘डिजिपिएस’

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले नयाँ प्रविधिको प्रयोग गरेर खोलाको क्षेत्राधिकार खाली गर्न थालेको छ। उपमहानगरपालिकाले बजार क्षेत्रमा अतिक्रमणमा परेका खोलाको क्षेत्राधिकार खाली गर्न र अतिक्रमण हुन नदिन नयाँ प्रविधिको प्रयोग गरेको छ। यसका लागि खोलाको किनारामा पोलहरू गाड्न थालिएको छ। पोलहरू सारेको खण्डमा तथा खोलाले बगाएमा स्याटलाइट प्रविधिबाट हेरचाहा गर्न सकिने गरी प्रबन्ध गरिएको छ। नदी तथा खोलाको किनारामा पोल गाडिने भएकाले सम्वन्धित जग्गाधनीलाई पनि सहज हुने उपमहानगरपालिकाको तर्क छ। चालु आर्थिक वर्षमा ५० किलोमिटर खोला किनारमा सीमाङ्कन, रेखाङ्कन तथा पोलहरू गाड्ने काम हुने उपमहानगरले जनाएको छ। वडा नम्बर १ र ५ को सीमा क्षेत्रमा पर्ने सुकुटी नालाबाट बुधवारदेखि यस्तो अभियानको…
Read More
लम्कीमा स्कुल बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु

लम्कीमा स्कुल बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु

धनगढीः कैलालीमा स्कुल बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–१० चुहा स्थित भित्रि सडक खण्डमा मप.०३–००१ क २९४१ नम्बरको सनराइज स्कुलको बसले बिपरित दिशाबाट आउदै गरेको से ३ प ४७९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक जोशिपुर गाउँपालिका–७ बस्ने ३० वर्षीय एकतन चौधरी गम्भिर घाईते भएका थिए। एकतनलाई उपचारको लागि टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा सोही दिन नै मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डीएसपी कबिन्द्रसिँ बोहराले बताए। मोटरसाइकल पछाडी सवार लम्कीचुहा नगरपालिका–६ पिपरकोटी बस्ने २४ वर्षीय विक्रम चौधरीको बर्दगोरिया अस्पताल बौनियामा उपचार भईरहेको डीएसपी बोहराले जानकारी दिए। बस र बस चालक घोडाघोडी नगरपालिका–२…
Read More