Skip to main content

धनगढी न्यूज

धनगढीमा खोलाको क्षेत्राधिकार छुट्याउन राखियो ‘डिजिपिएस’

Advertisement

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले नयाँ प्रविधिको प्रयोग गरेर खोलाको क्षेत्राधिकार खाली गर्न थालेको छ।

उपमहानगरपालिकाले बजार क्षेत्रमा अतिक्रमणमा परेका खोलाको क्षेत्राधिकार खाली गर्न र अतिक्रमण हुन नदिन नयाँ प्रविधिको प्रयोग गरेको छ। यसका लागि खोलाको किनारामा पोलहरू गाड्न थालिएको छ। पोलहरू सारेको खण्डमा तथा खोलाले बगाएमा स्याटलाइट प्रविधिबाट हेरचाहा गर्न सकिने गरी प्रबन्ध गरिएको छ। नदी तथा खोलाको किनारामा पोल गाडिने भएकाले सम्वन्धित जग्गाधनीलाई पनि सहज हुने उपमहानगरपालिकाको तर्क छ।

चालु आर्थिक वर्षमा ५० किलोमिटर खोला किनारमा सीमाङ्कन, रेखाङ्कन तथा पोलहरू गाड्ने काम हुने उपमहानगरले जनाएको छ। वडा नम्बर १ र ५ को सीमा क्षेत्रमा पर्ने सुकुटी नालाबाट बुधवारदेखि यस्तो अभियानको सुरुवात गरिएको छ। नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बुधवारबाट उक्त कार्यक्रमको सुरुवात गरेकी हुन्। कित्तामा खोला परेको खण्डमा सूचना सार्वजनिक गर्ने उपमहानगरको तयारी छ।

नगर उपप्रमुख रानाले खोलाको क्षेत्राधिकार खाली गर्न दुईवटा प्रविधिको प्रयोग गरिएको बताइन्। उनले भनिन, ‘हामीले खोलाको क्षेत्राधिकार छुट्याएका छाँै। खोला अतिक्रमण गर्न हुँदैन भन्ने हो।’ खोला किनारमा रहेका भौतिक संरचना सीमाङ्कन गरेर हटाउने सूचना सार्वजनिक गर्ने उपहानगरपालिकाले जनाएको छ। रानाले भनिन, ‘प्रविधिको माध्यमबाट सीमाङ्कन गर्दै छौँ। यसका लागि स्याटेलाइट प्रविधिको प्रयोग गरेका छौँ। यसको माध्यमबाट पुरानो अतिक्रमण हटाउन पनि सहज हुन्छ।’

अहिलेसम्म उपमहानगरपालिकाले पाँच किलोमिटर खोलाको अतिक्रमण खाली गरिसकेको छ। धनगढी उपमहानगरपालिकाका भूमि व्यवस्थापन शाखाका इन्जिनियर नरेन्द्र भट्टले खोलाको क्षेत्राधिकारमा संरचनाहरू निर्माण नगर्न आग्रह गर्ने र खाली गर्न सूचना सार्वजनिक गर्ने बताए। धनगढीका मुख्य खोलाको ५० किलोमिटरमा सीमाङ्कन, रेखाङ्कन र क्षेत्राधिकार खाली गर्ने काम थालिएको उनले बताए।

उपमहानगरपालिकाले बुधवारदेखि धनगढी–१ र ५ भएर बग्ने सुकुटी नालामा पिलर गाडेर डिजिपिएस राखेर यस्तो कामको सुरुवात गरेको छ। नदी तथा खोलाको सीमाङ्कन गर्न खोलानालाको सिमाना प्रस्ट हुने गरि पिल्लर गाडीर सो बिन्दुहरूको जिआइएस नक्सांनकन गर्ने र डिजिपिएस र स्याट्लाइट तस्विर प्रयोग गरी खोलाको सीमाङ्कन निगरानीको काम थालिएको छ।दिनेश खबर बाट शाभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...