
धनगढी उप महानगरपालिका वडा नंं. १३ मोहनपुरमा आयशर ट्याक्टर्सको अधिकृत विक्रेताको रुपमा जयाज इन्टरनेश्नल प्रा.लि.ले आफ्नो सेवा विस्तार गरेको छ । उक्त जयाज इन्टरनेश्नल प्रा.लि.का संचालक अंकुश राज पन्त रहेका छन् । मन्डिदिप , मध्य प्रदेशस्थित भारतिय कम्पनी टाफे मोटर्स एण्ड ट्याक्टर्स लिमिटेडको Authorized Dealer का रुपमा यस प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्ने संचालक पन्तले जनाएका छन् ।

यही असोज २८ गते सो एक कार्यक्रम विच उक्त शाखाको उद्घाटन गरिएको छ । उक्त शाखामा माइलेजका लागि नम्बर १ भनेर चिनिने आयशर ट्याक्टरका १८८, २४२, ३८०, ४८०, ५५१, ५५७, ६५०, ७७६ तथा ८८४ मोडलहरु उपलब्ध रहेको जनाइएको छ ।
विक्री सँगै ट्याक्टरको मर्मतसम्भार कार्यका लागि मोहनपुरमै ए.एच. ट्रेडिङ्ग प्रा.लि. पनि खोलिएको संचालकले जानकारी गराए । यस प्रा.लि.का संचालक अंकुश राज पन्त तथा हरिश धामी रहेका छन् । साथै , यही आउँदो छठपर्व सम्म यस शाखाबाट ट्याक्टर खरिदकर्तालाई विशेष अफर रहेको पनि संचालकले बताए ।
यस्ता छन् आयशर ट्याक्टरका विशेषता
🚜 शक्तिशाली इन्जिन – कम इन्धनमा उच्च टर्क र बलियो प्रदर्शन।
⚙️ उच्च माइलेज क्षमता – खेतीमा इन्धन बचत र दीर्घकालीन लाभ।
🛠️ कम मर्मत लागत – सरल डिजाइनका कारण सजिलै मर्मत गर्न सकिने।
🌾 स्मूद गियर सिस्टेम – खेत तथा सडक दुबैमा सजिलो संचालन।
💺 आरामदायी ड्राइभर सिट – लामो समयसम्म काम गर्दा थकान नहुने सुविधा।







