धनगढी न्यूज

क्रिसियन्ट सिटी स्कुलद्धारा जन्मदिन मनाउने नवीनतम् सुरुवात

 

धनगढी रातोपुलस्थित क्रिसियन्ट सिटी स्कुलले यस शैक्षिक सत्रबाट हरेक बालबालिकाको जन्मदिन मनाउने एक नौलो सुरुवात गरेको छ । जन्मदिन भन्ने वित्तिकै बजारमा पाइने केक काटेर , महँगा गिफ्ट साटेर जन्मदिन मनाइदै गरेको वर्तमान परिप्रेक्ष्यमा विद्यालयले केही पृथकता ल्याउन खोजेको विद्यालय स्रातले बतायो ।

अब हरेक बालबालिकाको जन्मदिन केकको सट्टा तरभुजा काटेर , गिफ्टको सट्टा केही रकम दानपेटीकामा जम्मा गरेर अनि एउटा बिरुवा रोपेर मनाउने चलनको सुरुवात गरिएको हो । यसबाट विद्यार्थीहरुमा नौलो बानीको विकास हुनुका साथै धनगढी उपमहानगरपालिको स्वच्छ तथा हरित धनगढी अभियानमा समेत टेवा पुग्ने जनाइएको छ । तडकभडक अनि देखावटी रुपमा जन्मदिन मनाउनुको सट्टा यो तरिकाबाट मनाउँदा विद्यार्थीहरुमा संस्कार , समाजसेवा जस्ता बानीव्यहोराको विकास हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×