धनगढी न्यूज

थारुआलु खेतीबाट आम्दानी लिँदै धनगढीका किसान

धनगढीः यहाँका किसानले स्थानीय जातको थारुआलु खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्।

पछिल्लो समयमा यहाँका सयौँ किसानले थारुआलुबाट राम्रो आम्दानी गर्न थालेका हुन्। धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले थारुआलु बिक्रीबाट यस वर्ष तीन लाख आम्दानी लिएको बताए। उनले यस वर्ष आठ कठ्ठामा आलु खेती गरेका थिए। ४० क्विन्टल आलु उत्पादन गरेका उनले भने ‘अझै २० क्विन्टल आलु बेच्न बाँकी छ। यस वर्ष आलु राम्रो फलेको थियो। समयमै आलु निकालेकाले मूल्य राम्रो पाइयो। प्रतिकिलो एक सय ५० मा बिक्री गरियो।

उनका अनुसार यस जातका आलु खानलाई पनि स्वादिलो र लामो समय भण्डारण गरेर राख्दा बिग्रिने डर हुँदैन। उनले तरकारी खेती समेत गर्ने गरेको बताए। उनले भने, ‘सिजनअनुसारको तरकारी लगाउँछु। तरकारीखेती र आलुबाट सबै खर्च कटाएर वार्षिक छ लाखसम्म बचत हुन्छ। तरकारी खेतीबाटै चार जनाको परिवारको घरखर्च र छोराछोरीको पढाइलेखाइ खर्च धानेको छु।

सोही ठाउँका पतिराम चौधरीले यस वर्ष २५ क्विन्टल थारुआलु उत्पादन गरेको बताए। उनले भने, ‘मैले यस वर्ष सात कठ्ठा जग्गामा थारु आलु लगाएको थिएँ। आठ क्विन्टल बेचेको छु। बाँकी अब असारतिर बेच्ने गरी राखेको छु। २० क्विन्टलसम्म विक्री गर्छौँ। बाँकी आफूले खान र बीउका लागि राख्छौँ।’

उनले पनि आलुखेतीसँगै तरकारी खेती समेत गर्ने गरेको बताए। उनले तरकारी र थारु आलु बिक्रीबाट वार्षिक रु तीन लाखसम्म बचत गर्ने गरेका छन। माग बढ्न थालेपछि लगाउन छाडिएको थारुआलु पछिल्लो समय लगाउन थालिएको उनको भनाइ छ।दिनेश खबर बाट साभार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×