
५ साउन, काठमाडौं । शनिबार साँझ देशभरको विद्युत वितरण प्रणालीमा समस्या आएको छ । काठमाडौंसहित देशको अधिकांश ठाउँमा विद्युत प्रणालीमा समस्या आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार विराटनगर बाहेक अन्य क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आएको छ । उनका अनुसार चन्द्रनिगाहापुर नवलपुर खण्डको प्रशारण लाइनमा रुख ढलेका कारण देशका धेरै ठाउँमा विद्युत अवरुद्ध भएको हो

‘प्रशारण लाइनको ब्याक अप नभएका कारण विद्युत अवरुद्ध भएको हो, विराटनगर वरपरबाहेक अन्य ठाउँमा समस्या भएको छ’, उनले भने ।

ढल्केबर हेटौंडा प्रशारण लाइन नबनेका कारण र लालबन्दीमा तार फेर्न नपाएका कारण अवरुद्ध भएको प्रवक्ता घोषले जानकारी दिए ।

ढल्केबर इनरुवा ४०० केभी प्रशारण लाइन बनेका कारण पूर्व क्षेत्रमा विद्युत आपूर्तिमा समस्या नरहेको उनले बताए । ‘ट्रान्समिसन लाइनमा अवरोध भएका कारण विद्युत अवरुद्ध भएको हो’, उनले भने ।






