धनगढी न्यूज

माेटरसाईकल भेरि नदिमा खस्याे ; चालककाे मृत्यु ,माेटरसाईकल वेपत्ता

सुर्खेत : छिन्चु–जाजरकोट सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आज शनिबार बिहान सवा ७ बजे जाजरकोट र सुर्खेतको सिमाना छेडाबजार नजिकै नेपालगञ्जबाट जाजरकोटतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको कर्णाली प्रदेश ०३–००१ प ०३७९ नम्बरेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

त्यसरी ठोक्किँदा नेपालगञ्जबाट गइरहेको मोटरसाइकल सडकबाट अन्दाजी १०० मिटर तल भेरी नदीमा खसेको थियो।उक्त मोटरसाइकल चालक रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका ३० वर्षीय भुवन केसीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।नदीमा खसेको मोटरसाइकल हालसम्म फेला नपरेकाले नम्बर खुलेको छैन।मृतकको शव भने नदी छेउमा फेला परेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×