धनगढी न्यूज

सुदूरपश्चिमका पहाडी जिल्लामा पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध

धनगढी । लगातारको अविरल वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लाको सडक यातायात सेवा अवरुद्ध भएको छ ।

डडेलधुरा, डोटी, बैतडी, बझाङ,  अछाम र बाजुरा जिल्लाका मूल सडकमा ठाउँ–ठाउँमा पहिरो खसेर सडक यातायात अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रमुख एसपी राजीव बस्नेतका अनुसार बझाङको जयपृथ्वी नगरपालिका ७ तमेल, बैतडीको खोड्पे बझाङ सडकखण्डको ढोल्यामोड, डडेलधुरा–बैतडी सडकखण्डको भालुमारे, डडेलधुराकै सुनखोलामा पहिरोले जोगबुडा–बुडर सडक, डडेलधुराको गन्यापधुरास्थित रडुवाखोला (डडेलधुरा–डोटी) सडक अवरुद्ध छ ।

यस्तै अछाम बाजुरा जोड्ने साँफे–मार्तडी सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेर सडक यातायात अवरुद्ध भएको एसीपी बस्नेतले बताए ।

‘पहिरो पन्छाएर सडक यातायात सञ्चालन गराउने प्रयास भइरहेको छ । तर लगातारको वर्षालय कठिन भइरहेको छ,’ एसपी बस्नेतले भने ।बिश्वश खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×