धनगढी न्यूज

धनगढीकी लक्ष्मी मृत्यु प्रकरण डाक्टर भट्टलाई कार्वाही गरिने

 

धनगढी : धनगढीको खप्तड कलेजमा अध्यायनरत २२ वर्षीया लक्ष्मी जोशी मृत्यु प्रकरणमा चिकित्सकलाई कार्वाही हुने भएको छ । निसर्ग अस्पतालमा उपचाररत जोशीको मृत्यु भएपछि चिकित्सकको लापरबाही भन्दै आफन्तहरुले कार्वाहीको माग गरेका थिए ।

मगंलबार साँझ मृतक जोशीका परिवार र अस्पताल बिच उपचारमा संलग्न डाक्टर ओमप्रकाश भट्टलाई कारबाही गर्ने सहमति भएको हो।

डाक्टर भट्टलाई निर्सग अस्पतालबाट बर्खास्त गर्ने, मेडिकल काउन्सिलमा कारबाही सिफारिसको लागि पत्र पठाउने र डाक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने सहमति भएको उनका काका हेम जोशीले बताए । पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी उनको तीन घण्टापछि उपचारको क्रममा मृत्यु भएको थियो। जोशी हेल्थ असिस्टेन्ट पढ्दै गरेकी थिइन् र उनी धनगढीकै नवजीवन अस्पतालमा ओजेटी गरिरहेकी थिइन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×