धनगढी न्यूज

प्रचण्ड-माधवलाई वामदेवको प्रश्न– प्रधानमन्त्री हुँदा समाजवाद निर्माणको प्रयास किन भएन?

१९ कात्तिक, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पार्टीका संयोजक र सहसंयोजकलाई प्रधानमन्त्री भएका बेला समाजवाद निर्माणको प्रयास किन नगरेको भन्दै प्रश्न गरेका छन्।

काठमाडौंमा जारी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गौतमले संविधानमै गरिएको व्यवस्था कार्यान्वयनका लागि किन काम नगरेको भन्दै प्रश्न गरेका हुन्।

‘२०७२ मा जारी गरेको संविधानको प्रस्तावनामै लेखिएको छ, अब नेपालमा लोकतान्त्रिक मूल्य मायन्तामा आधारित समृद्ध समाजवाद निर्माण गरिनेछ। आज कति वर्ष भयो? हामी कतिपटक प्रधानमन्त्री भयौं? हामीले कतिपटक प्रधानमन्त्री–मन्त्री बनायौं?’ उनले प्रश्न गरे, ‘संविधानले प्रस्तावनामै व्यवस्था गरेको त्यो चरित्रको समाजवाद निर्माण किन भएन, प्रयास गर्नु भयो कि भएन अहिले जवाफ दिनुहोला।’

उनले संविधानमा लेखिएका कुरा लागू नगर्ने र नलेखिएका विषयमा धेरै कुरा गर्ने गरिएको भन्दै नेताहरूको आलोचना गरे। उनले नेताहरूसँग समाजवादी क्रान्तिको परिभाषा समेत मागे।

संविधानमा गरिएको व्यवस्थाअनुसार समाजवाद निर्माणमा बेवास्ता गरेका कारण मुलुकमा अस्थिरता बढेको र प्रतिगामी चलखेल भएको उनको दावी छ।

‘समाजवाद निर्माणमा हामी प्रवेश नगरेको हुनाले नै राजा फर्काउने प्रयासहरू भए। जेनजी आन्दोलन भयो। आज हामी फेरि पुरानो अवस्थाबाट फर्केर आउँदैछौं,’ उनले भने, ‘जे गर्नु पर्ने हो त्यो नगर्ने हो भने अर्को आउँछ र त्यसले शासन गर्छ।’अन्लाईन खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×