धनगढी न्यूज

‘मतदाताले मत खसाल्नै नपाई बाहिरबाटै परिणाम घोषणा गरिदिने !’

काठमाडौँ : निर्वाचन आयोगले मतदान अगाडि गरिने कुनै पनि प्रकारका मत सर्वेक्षण र त्यसका आधारमा गरिने हारजीतको अनुमानप्रति आपत्ति जनाएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्ता गतिविधि कानून र आचारसंहिता विपरीत रहेको भन्दै यसलाई सदाका लागि अन्त्य गर्ने अठोट आयोगले लिएको स्पष्ट पारेका छन्।

उनले मतदाताले मत खसाल्नै नपाई बाहिरबाटै परिणाम घोषणा गर्ने परिपाटीप्रति आयोग संवेदनशील रहेको बताए। यो विषयमा आयोगले प्रेस काउन्सिलसँग पनि संवाद गरिसकेको र कतिपय विषय अदालतमा समेत पुगिसकेको उनले जानकारी दिए।

‘मत सर्वेक्षण गर्न पाइँदैन, कानूनले निषेध गर्छ, आचारसंहिताले निषेध गर्छ। तर जबर्जस्त सर्वेक्षण गरेर फलानोले जित्यो र फलानोले हार्‍यो भनेर आफैँ घोषणा गरिदिने हो भने निर्वाचन आयोगको काम के रह्यो?, उनले प्रश्न गरे।

कानूनले निषेध गरेको कुरालाई कसैले मान्दिनँ भन्न नपाउने भन्दै उहाँले यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई सचेत गराए।थाहा खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×