धनगढी न्यूज

उदयपुरमा आगलागी, दुई जनाको मृत्यु

काठमाडौंः उदयपुरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा रहेको दुई घरमा आज बिहान आगलागी भएको हो।

मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्का रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

त्रियुगा र चौदण्डीगढी नगरपालिकाका दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीको कारण खुल्न सकेको छैन।थाहाखबर बाट साभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×