धनगढी न्यूज

ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदानका लागि लाइन बस्नुनपर्ने

काठमाडौंः निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रवन्ध मिलाएको बताएको छ।

आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरीलगायतले सहज मतदान गर्नेगरि व्यवस्थापन गरिएको जनाएको हो। निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदान गर्नबाट कसैलाई पनि बन्चित हुन नपर्ने गरि आयोगले सम्पूर्ण व्यवस्थापन गरेको जानकारी दिइन्।

उनले भनिन्, ‘हामीले केन्द्रदेखि जिल्लासम्म अनुगमनकर्ता अनुगमन अधिकृत र सुक्ष्म अनुगमनको व्यवस्था गरेका छौं, कुनैपनि मतदान केन्द्रमा सबैको सहज पहुँच पुग्नुपर्छ भन्नेकुरामा आयोग दृढ रहेको र सोहीअनुसार नै मतदान केन्द्र तथा मतदान स्थलको व्यवस्थापन गरेकाछौं।’ आयुक्त तुलाधरले आममतदातालाई सहज ढंगले मतदान गर्ने व्यवस्था मिलाउने सवालमा आयोगले कुनै कसर बाँकी नराख्नेसमेत स्पष्ट पारिन्। अन्लाईन खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×