धनगढी न्यूज

धनगढी उपमहानगरले गर्‍यो तीन वर्षमा २५ किलोमिटर सडक कालोपत्र

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले तीन वर्षमा २५ किलोमिटर सडक कालोपत्र गरेको छ।धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा गोपाल हमाल विजयी भएपछि २५ दशमलव चार किलोमिटर सडक कालोपत्र गरिएको हो।

धनगढी उपमहानगरपालिकाको शनिवारको तेह्रो नगर सभाबाट पारित गरिएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा २५ दशमलव चार किलोमिटर सडक तीन वर्षमा कालोपत्र गरिएको उल्लेख गरिएको छ। नगर प्रमुख हमालले कार्यकालको तीन वर्ष पूरा भएको बताउदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको जेठसम्म मात्र सात दशमलव २ किलोमिटर सडक कालोपत्र गरेको छ।

 

तीन वर्षमा ११ वटा मोटरेवल पुल निर्माण

नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षमा मात्र पाँच वटा मोटरेवल पुल र तीन वटा झोलुङ्गे पुल निर्माण गरिएको उल्लेख गरिएको छ।धनगढी उपमहानगरपालिका–७ पटेला र वडा नम्बर–१५ शान्तिकटान जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको हो। कैलाली खोलामा नाष्ट कलेज नजिक, वडा नम्बर १३ मा जनता राष्ट्रिय माध्यमिक विद्यालय, कैलाली गाउँ, तारानगर–रेडक्रस नजिक, साथी होटेलको पिछडी कैलाली खोला र वडा नम्बर १ को नवदुर्गा मन्दिर जोड्ने पुल चालु आर्थिक वर्षमा निर्माण गरिएका हुन।नगढी उपमहानगरपालिकाले तीन वर्षको अवधिमा ११ वटा मोटरेवल पुलहरू निर्माण गरेर सञ्चालनमा ल्याएको छ।

धनगढीमा एक सय ४३ किलोमिटर सडक ग्राभेल

धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा एक सय ४३ किलोमिटर सडक ग्राभेल गरिएको उल्लेख गरिएको छ।चालु आर्थिक वर्षमा मात्र धनगढी उपमहानगरपालिकाले १ देखि १९ वडासम्मका सडकहरूमा ४२ दशमलव पाँच किलोमिटर ग्राभेल गरेको छ। धनगढी उपमहानगरपालिकाले सडक ग्राभेलका लागि आफ्नै स्रोत साधनहरूको प्रयोग गर्दै आएको छ।धनगढी बजार क्षेत्रमा आठ वटा पार्किङ स्थलहरु निर्माण गरिएका छन्। धनगढीमा ६ हजार चार सय ९० वर्गमिटर क्षेत्रफलमा भरान गरेर पार्किङ स्थलहरू निर्माण गरिएको हो। धनगढी क्षेत्रका सरकारी कार्यालयहरूलाई सडक क्षेत्र खाली गर्न लगाएर पार्किङ स्थलहरू निर्माण गरिएका छन्।दिनेश खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×