धनगढी न्यूज

धनगढी एफसी र कैलाली जिल्ला फुटबल संघवीच समझदारी पत्रमा हस्ताक्षर

धनगढी एफसी युवा एकेडेमीका लागि कैलाली जिल्ला फुटबल संघ सँग आधिकारिक रूपमा समझदारी पत्र(MOU)मा हस्ताक्षर सम्पन्न भएको छ ।

May be an image of 8 people and text

धनगढी लगायत सिंगो सुदूर पश्चिम प्रदेश क्षेत्रमा युवा फुटबल प्रतिभा फस्टाउनका लागि सहकार्य गरिने गरि एउटा महत्वपूर्ण कदमको सुरुवात भएको आज आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै धनगढी एफसीका अध्यक्ष सुवास शाहीले जानकारी गराए ।”हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा, विशेष गरी नेपाल सुपर लिग (NSL) मार्फत धनगढी एफसी द्वारा खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्नका लागि अवसरहरू प्रदान गर्ने लक्ष्य राख्छौं। “उनले भने ।

फुटबल जगतमा नव प्रतिभा जन्माउने उद्देश्य राखेको उक्त प्राजेक्टको लक्ष्य १४ वर्ष र सो भन्दा मुनिका युवाहरूको प्रतिभा विकासमा केन्द्रित हुनेछ। औपचारिक प्रशिक्षण मैदानका लागि जुगेडा-१२, धनगढीमा रहेको मनकामना फुटबल क्लबको मैदान हुनेछ। यो सँगै, नव युवाहरूलाई उनीहरूको पूर्ण क्षमतामा पुग्नका लागि मार्ग प्रशस्त एक सहायक सिद्ध हुने विश्वास लिइएको छ । यो सुदूरपश्चिममा फुटबलको लागि एउटा रोमाञ्चक यात्राको सुरुवात भएको र निकट भविष्यमा फुटबल खेलमा यहाँबाट गौरव गर्न लायक खेलाडी उत्पादन हुने पनि दृढ संकल्प लिन सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×