धनगढी न्यूज

नवलपरासीको दाउन्नेमा दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

नवलपरासीः नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तका अनुसार मृतकमध्ये एक जनाको सनाखत भएको छ।

मृतक तीनै जना पुरुष रहेको र रोल्पाका २५ वर्षीय गोविन बुढाको सनाखत भएपनि अन्य २ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य १५ जना घाइते भएका छन्। गएराति १ बजे नवलपरासीको बर्दघाट नगरपालिका–४ घ्यूखोलामा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा उक्त दुर्घटना भएको हो। बुटवलतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेका लु २ ख २३५१ को बसले सोही दिशाबाट जाँदै गरेको ना ५ ख २२७५ को पिकअप गाडीलाई ठक्कर दिँदा दुर्घटनामा परेको हो।

ट्रक र बसले पिअपलाई ठक्कर दिएको थियो। ठक्कर दिएका बस र ट्रक २ सय मिटर तल खस्दा दुर्घटना भएको डिएसपी पन्तले जानकारी दिए।थाहाखबर बाट साभार

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×