
काठमाडौं– निर्मला कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमती गरेपनि मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै महिला अधिकारकर्मी र पीडित परिवारले पुनः आन्दोलन सुरु गरेका छन्।


तीन बुँदे माग राख्दै उनीहरुले शुक्रबारदेखि पांचौ चरणकोआन्दोलन सुरु गरेका हुन्।

निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादशाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाईयोस, कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्याइयोस् र आन्दोलनकारीहरुको सुरक्षाको ग्यारेन्टी गरियोस भन्दै उनीहरूले आन्दोलन पुनः सुरु गरेका हुन्।







