धनगढी न्यूज

बास्कोटाको तामाङलाई जवाफ, अवसरका लागि गुट बदल्ने र पार्टी फुटाउने काम गरिँन

काठमाडौंः नेकपा एमालेका नेता शेरबहादुर तामाङले आफ्नो भूगोलमा मत जोगाउन नसक्नेहरुले नेतृत्वको राजीनामा माग्ने नैनिकता नहुने भन्दै एमाले नेतृत्वको आलोचनाको जवाफमा एमाले नेता गोकुल बास्कोटाले तामाङलाई जवाफ फर्काएका छन्।

सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले नेता तामाङलाई २०३८ सालदेखिकै इतिहास पुनरावलोकन गर्न सुझाव दिएका छन्। उनले लेखेका छन्, ‘आफ्नो र श्रीमतीको लागि गुट बदल्नेमात्रै होइन, पटक पटक पार्टी फुटाउनसमेत पछि नपर्ने चरम अवसरवादी पात्र म होइन।’

बास्कोटाले अगाडि लेखेका छन्, ‘भन्न मन थिएन तर मेरो मत मैले राखेबापत उनको कोदोबारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाइलागेछन्। म तपाईजस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्नेमात्र होइन, पटक पटक पार्टी नै फुटाउनसमेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन। २०३८ यताका इतिहास हेरौं न।’

नेता तामाङ सिन्धुपाल्चोकका हुन् भने बास्कोटा काभ्रेका हुन्। एमालेका यी दुबै नेता पूर्वमन्त्रीसमेत रहिसकेका छन्। थाहाखबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×