
मिति २०८२।०८।०२ गते यस जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाईहरुबाट खटिगएको प्रहरी टोलीले विभिन्न मुद्दाका ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

फैसला कार्यान्वयन अन्तर्गत सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले कैद, जरिवाना भुक्तान गर्न बाँकी रहेका ४२ जना फरार प्रतिवादीहरुलाई कैलाली जिल्लाका बिभिन्न स्थानहरुमा लुकीछिपी बसेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तत्पश्चात निजहरुलाइ पक्राउ गरी निजहरुलाई सम्मानित जिल्ला अदालत कैलालीमा बुझाईएको पनि कार्यालयले जनाएको छ ।






