धनगढी न्यूज

रास्वपाको अभिमुखीकरण कार्यक्रम : जहाँ न मोबाइल लैजान पाइनेछ, न तस्विर खिच्न

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नयाँ सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।

रास्वपाले मंगलबार र बुधबार ललितपुरको होटल रोयल टुलिप, ग्वार्कोमा सांसदहरूको अभिमुखीकरण गर्न लागेको प्रवक्ता कविन्द्र बुर्लाकोटीले बताए।

कार्यक्रममा सहभागी हुने सांसदहरूका लागि रास्वपाले ७ बुँदे निर्देशन पनि जारी गरेको छ।कार्यक्रममा सहभागी हुने सांसदहरूले कार्यक्रम स्थलमा मोबाइल लैजान पाउने छैनन्।

त्यस्तै कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाका लागि पनि निषेध गरिएको छ । सांसदहरूले कार्यक्रम स्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट र फोटो खिच्न पनि पाउने छैनन्।थाहाखबर बाट साभार dffdsfdswdw-1773663939.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×