Skip to main content

धनगढी न्यूज

Month: October 2023

तारा बरालविरुद्ध गाली बेइज्जती मुद्दा

तारा बरालविरुद्ध गाली बेइज्जती मुद्दा

काठमाडौं, १३ कात्तिक । आफूलाई अभियन्ता बताउने तारा बरालविरुद्ध गाली बेइज्जती मुद्दा काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको छ । ललितपुर महालक्ष्मी नगरपालिकाका बलाराम बोगटीले आफू विरुद्ध अनर्गल प्रचार गरेर बेइज्जती गरेको भन्दै बरालविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् । टिका योगी वारेसमार्फत सिएन १५५९ दर्ता गराएको गाली बेइज्जती रिट निवेदनमा बोगटीले उल्लेख गरेका छन्, ‘विपक्षीलाई अरूको मान सम्मान र प्रतिष्ठामा आँच आउने गरी बोल्न लेख्न हुँदैन, गाली गर्नु हुँदैन र झुटा आरोप लगाउनु हुँदैन भन्ने थाहा छ तर, म एक महिला अभियन्ताको भएको मलाई कसैले केही कारबाही गर्न सक्दैन, म प्रहरी प्रशासनसँग डराउन्न भनी म जस्तो प्रतिष्ठित महिला उपर…
Read More
बारामा प्रधानाध्यापकमाथि गोली प्रहार

बारामा प्रधानाध्यापकमाथि गोली प्रहार

बारा, १३ कात्तिक । बाराको कलैयामा  अज्ञात समूहले एक प्रधानाध्यापकमाथि गोली प्रहार गरेको  छ । अज्ञात समूहले कलैयामा बाल एकता बोर्डिङ सञ्चालक तथा प्रधानाध्यापक  रुपेश स्वर्णकारमाथि २ राउन्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि एलएस न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
Read More
महोत्तरीबाट १३ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

महोत्तरीबाट १३ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

महोत्तरी, १३ कात्तिक । महोत्तरीबाट स्रोत नखुलेको १३ लाख रुपैयाँभन्दा बढी रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।  जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित भारत विहारका ४० वर्षीय अरुण पंजियार पक्राउ परेका छन् । जलेश्वर नगरपालिका–७ वखरी चोकस्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बस चेकजाँच गर्दा पंजियारको साथबाट स्रोत उक्त रकम बरामद गरिएको हो ।
Read More
नेपालको सिंगापुरमाथि ८ विकेटको जित

नेपालको सिंगापुरमाथि ८ विकेटको जित

काठमाडौँ, १३ कात्तिक । काठमाडौँमा जारी आइसिसी टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध आठ विकेटको जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले नेपालले १६.३ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा ७४ रन जोड्दा आसिफ शेखले २६ बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नट आउट रहे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५…
Read More
गाजामा युद्ध बिराम गर्न डब्लएचओ प्रमुखको अनुरोध

गाजामा युद्ध बिराम गर्न डब्लएचओ प्रमुखको अनुरोध

गाजा, १३ कार्तिक । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले गाजा जारी युद्ध रोक्नु पर्ने जनाएका छन् । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले गाजामा जारी युद्ध तत्काल रोक्नु पर्ने जनाएका हुन । उनले युद्धविराम गरी शान्तिको लागि विनम्र अनुरोधसमेत गरेका छन् । केही घण्टा अघि सामाजिक सञ्जालमा साझा गरिएको पोष्टमार्फत उनले इथियोपियाको टिग्रेका टेड्रोसले बाल्यकालमा युद्धको वरिपरि हुर्केका आफ्नै अनुभवहरू साझा गरेका छन् । ‘युद्धको छायामा फसेको बच्चाको रूपमा मैले यसको गन्ध, आवाज र दृश्यहरू राम्ररी चिनेको छु,’ उनले भने, ‘म अहिले द्वन्द्वको बीचमा परेकाहरूप्रति गहिरो सहानुभूति देखाउँछु, उनीहरूको पीडा मेरो आफ्नै जस्तो महसुस गर्दछु ।’ यसअघि पनि टेड्रोसले…
Read More
आइसिसी क्रिकेट: नेपाल र सिंगापुरका बिचमा प्रतिस्पर्धा हुँदै

आइसिसी क्रिकेट: नेपाल र सिंगापुरका बिचमा प्रतिस्पर्धा हुँदै

काठमाडौँ, १३ कार्तिक । नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुदैँछ । आइसिसी टी– २० विश्वकप क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुन लागेको हो । सो खेल कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुदैँछ । उक्त खेल नेपाली समयअनुसार, बिहान ९ बजेबाट सुरु हुनेछ । आइसिसी टी–२० विश्वकप क्रिकेट छनौट प्रतियोगितामा एसियाली क्षेत्रका ८ राष्ट्रले आज सोमबारदेखि नेपालका दुई वटा रङ्गशालामा प्रतिस्पर्धा गर्दैछन । जसअनुसार आज नेपाल र सिंगापुर बिचमा पहिलो प्रतिस्पर्धा हुन लागेको हो । सोही समयमा मुलपानी क्रिकेट मैदानमा भने खाडी राष्ट्रका दुई मुलुक बहराइन र यूएईबिच दोस्रो अर्को खेल हुनेछ ।
Read More
भारतको आन्ध्र प्रदेशमा दुई रेल एक आपसमा ठोक्किँदा ९ को मृत्यु

भारतको आन्ध्र प्रदेशमा दुई रेल एक आपसमा ठोक्किँदा ९ को मृत्यु

नयाँ दिल्ली, १३ कार्तिक। आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा दुई वटा यात्रुवाहक रेल एक आपसमा ठोक्किएका छन् । यस रेल दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ४० यात्रु घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीय प्रहरीलाई उद्धृत गर्दै अधिकारीले सो जानकारी दिएका हुन् । मृतकका लागि क्षतिपूर्ति घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। सो दुर्घटना पर्ने रेलहरूमा ०८५३२ विशाखापट्टनम– पलासा यात्री र ०८५०४ विशाखापट्टनम– रायगडा यात्री विशेष रहेको रेलवेले जनाएको छ। यो टक्करका कारण धेरै रेलको रुट परिवर्तन गर्नुपरेको…
Read More
बुबाको हत्या आरोपमा छोरा पक्राउ

बुबाको हत्या आरोपमा छोरा पक्राउ

कैलाली, १२ कात्तिक । आफ्नै बुबा ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको अभियोगमा जानकी गाउँपालिका-३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई  प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरको आँगनमा घरायसी विवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Read More
सभामुख घिमिरे र राष्ट्रसङ्घीय महासचिव गुटेरेसबीच भेटवार्ता

सभामुख घिमिरे र राष्ट्रसङ्घीय महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौँ, १२ कात्तिक । नेपालको भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनियो गुटेरेसले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । सो क्रममा  सभामुख घिमिरेले   व्यस्तताबिच नेपाल भ्रमण गरेकोमा स्वागत गर्दै नेपाली जनता, नेपालको संसद् र व्यक्तिगत रूपमा तपाईँको नेपाल भ्रमणको सफलताको शुभकामना व्यक्त गरे । नेपालको संसद्को नियमावलीमा नै राष्ट्र सङ्घका महासचिवबाट सम्बोधन हुन सक्ने व्यवस्था गरेको जानकारी गराउँदै उनले महासचिव गुटेरेसको सम्बोधनलाई नेपाली जनताले पनि चासोसाथ हेर्ने बताए । नेपाल सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको बताउँदै सभामुख घिमिरेले दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद् र संसदीय…
Read More
कजाकिस्तानको खानीमा आगलागी हुँदा ३२ जनाको मृत्यु, १८ बेपत्ता

कजाकिस्तानको खानीमा आगलागी हुँदा ३२ जनाको मृत्यु, १८ बेपत्ता

कजाकिस्तान, १२ कार्तिक । कजाकिस्तानको ग्लोबल स्टिल कम्पनी आर्सेलर मित्तलको खानीमा शनिवार भएको आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । त्यसपछि सरकारले कम्पनीसँगको लगानी सहकार्य अन्त्य गर्न आदेश दिनुपरेको थियो । आपतकालीन अवस्था मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै शनिवार अपराह्न ४ बजेसम्म कोस्टयेन्को खानीमा ३२ जनाको शव फेला परेको र १८ जना अझै बेपत्ता रहेको जानकारी दिएको छ । यो कम्पनी लक्जेम्बर्गमा आधारित स्टिल निर्माताको स्थानीय एकाइ हो, जसको बारेमा कजाकिस्तानका अध्यक्ष कासिम जोमार्ट तोकायेभले भने कि स्टिल विशाल आर्सेलर मित्तल हाम्रो इतिहासको सबैभन्दा खराब कम्पनी हो। टोकाइभले पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उनले अक्टोबर २९…
Read More