Skip to main content

धनगढी न्यूज

गोदावरीमा ऐन विपरीत स्वकीय सचिव राखेर झण्डै ८ लाख भुक्तानी

Advertisement

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले ऐन विपरीत दुई जना स्वकीय सचिव नियुक्त गरेको छ। नियुक्त गरिएका दुबै जना स्वकीय सचिवलाई झण्डै ८ लाख रुपैयाँ भुक्तानी समेत गरिएको छ।

नगरपालिकाले ऐनले तोकेकोभन्दा फरक पदमा कर्मचारी नियुक्त गरेको पाइएको हो। नगरप्रमुख बिरेन्द्र भट्ट र उपप्रमुख शारदादेवी रोकायले ऐन विपरीत स्वकीय सचिव नियुक्त गरेका हुन्। सुदूरपश्चिम प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धि ऐन २०७५ मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले स्वकीय सचिव र सल्लाहकार राख्न नपाउने व्यवस्था छ।

तर गोदावरी नगरपालिकाका प्रमुख र उपप्रमुख दुबै जनाले स्वकीय सचिव राखेर ऐन विपरीत भुक्तानी समेत गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ (८) मा तोकिएकोभन्दा फरक पदमा कर्मचारी पदपुर्ति गर्न नहुने उल्लेख छ। तर नगर प्रमुखको स्वकीय सचिवलाई आर्थिक वर्ष २०७९/८० मा चार लाख १५ हजार ३७५ रुपैयाँ उपलब्ध गराएको छ।

त्यस्तै उपप्रमुखको स्वकीय सचिवलाई तीन लाख ५२ हजार चार सय ६० रुपैयाँ भुक्तानी गरिएको छ। नगर प्रमुख र उपप्रमुखका लागि नियुक्त गरिएका दुबै स्वकीय सचिवलाई ऐन विपरीत ७ लाख ६७ हजार ८५५ रुपैयाँ भुक्तानी गरिएको पाइएको छ। भुक्तानी गरिएको रकमलाई बेरुजूको रुपमा राखिएको छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...