Skip to main content

धनगढी न्यूज

Day: June 13, 2024

गोदावरीमा ऐन विपरीत स्वकीय सचिव राखेर झण्डै ८ लाख भुक्तानी

गोदावरीमा ऐन विपरीत स्वकीय सचिव राखेर झण्डै ८ लाख भुक्तानी

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले ऐन विपरीत दुई जना स्वकीय सचिव नियुक्त गरेको छ। नियुक्त गरिएका दुबै जना स्वकीय सचिवलाई झण्डै ८ लाख रुपैयाँ भुक्तानी समेत गरिएको छ। नगरपालिकाले ऐनले तोकेकोभन्दा फरक पदमा कर्मचारी नियुक्त गरेको पाइएको हो। नगरप्रमुख बिरेन्द्र भट्ट र उपप्रमुख शारदादेवी रोकायले ऐन विपरीत स्वकीय सचिव नियुक्त गरेका हुन्। सुदूरपश्चिम प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धि ऐन २०७५ मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले स्वकीय सचिव र सल्लाहकार राख्न नपाउने व्यवस्था छ। तर गोदावरी नगरपालिकाका प्रमुख र उपप्रमुख दुबै जनाले स्वकीय सचिव राखेर ऐन विपरीत भुक्तानी समेत गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३…
Read More
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको पहिलो चरणको काम प्रारम्भ

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको पहिलो चरणको काम प्रारम्भ

कन्चनपुर । भारत सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दोधारा चाँदनीमा आगामी आर्थिक वर्षभित्रै सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने लक्ष्यका साथ  प्राविधिकको एक टोली वातावरणीय व्यवस्थापन योजना तयार गर्न निर्माणस्थलमा परिचालन भएको छ ।                   नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले वन तथा वातावरण मन्त्रालयले वातावरणीय व्यवस्थापन योजना बनाउन पत्राचार गरेसँगै समितिबाट इन्जिनियरको नेतृत्वमा प्राविधिक टोली कञ्चनपुरमा खटिएको बताए । ‘वन मन्त्रालयले पहिले स्वीकृत भएको इआइएलाई टेकेर फेरि वातावरणीय व्यवस्थापन योजना बनाउन भनेपछि टोली शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित सहकार्य गरेर सो काममा खटिएको छ’, कार्यकारी निर्देशक गजुरेलले भने, ‘हाम्रो गुरुयोजनाभन्दा आकारमा…
Read More