Skip to main content

धनगढी न्यूज

कैलालीमा बस र टिप्पर ठोक्किदा दुर्घटना, ६ जना घाईते

Advertisement

धनगढीः कैलालीमा बस र टिप्पर टोक्किदा दुर्घटना भएको छ।

कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा घोडाघोडी नगरपालिका–५ का २५ वर्षीय लालबहादुर चौधरीले चलाएको रा १ ख २७३३ नम्बरको टिप्पर र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बस्ने २७ वर्षीय चन्द्र बोहराले चलाएको ना ७ ख ४३५ नम्बरको बस आपसमा ठोक्किएर बिहीवार दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

उक्त बसमा सवार ६ जना घाईते भएको प्रहरीले जनाएको छ। घाईते हुनेमा बस चालक बोहरा, कैलालीको गौरीगंगा नगरपालिका–९ की ४० वर्षीया अनिता चौधरी, वर्ष पहिचान नभएकी अञ्जली चौधरी, धनगढी उपमहानगरपालिका–१९ की माया चौधरी, सोही ठाउँका ४ वर्षीय विपीन र एक जना भारतिय नागरिक ३२ वर्षीय सुरेश निगम रहेको प्रहरीले जनाएको छ।

घाईते सबै जनाको घोडाघोडी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। टिप्पर र  टिप्पर चालक चौधरीलाई इलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ। दुर्घटना सम्बन्धमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले बताएको छ।

दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...