18
Jul
धनगढी । धान रोपाइँ सकिए पछि यति वेला सुदूरपश्चिम प्रदेशको ग्रामीण भेगका युवाहरू धमाधम भारत पस्न थालेका छन् । रोपाइँपछि बेरोजगार युवाहरू सिजन अनुसारको कामको खोजीमा मजदुरी गर्न भारत पस्न लागेका हुन् । प्रदेशका युवाहरु बर्सेनि यो बेला भारत पस्दै आएका छन् । रोपाइँ सकेपछि दसैँसम्मका लागि रोजगारी गर्न उनीहरू भारत जाने गरेका हुन् । अहिले त्रिनगर भन्सार नाका, गड्डाचौकी नाकामा भारत जाने नेपाली युवाको लर्को लाग्ने गरेको छ । कैलालीको कैलारी गाउँपालिका–९ का विन्दु चौधरी रोपाइँ सकेर भारतको हिमाचल प्रदेशको सिमलामा स्याउ टिप्ने काममा जाने तयारीमा छन् । उनी अरुबेला ईंटा बनाउने काम गर्छन् र सिजन अनुसारको खेतीपाती गर्छन् ।…






