Skip to main content

धनगढी न्यूज

रोपाइँ सकेर कामको खोजीमा भारत जाने युवाहरुको सिमानामामा घुईचो

Advertisement

धनगढी । धान रोपाइँ सकिए पछि यति वेला सुदूरपश्चिम प्रदेशको ग्रामीण भेगका युवाहरू धमाधम भारत पस्न थालेका छन् । रोपाइँपछि बेरोजगार युवाहरू सिजन अनुसारको कामको खोजीमा मजदुरी गर्न भारत पस्न लागेका हुन् ।


प्रदेशका युवाहरु बर्सेनि यो बेला भारत पस्दै आएका छन् । रोपाइँ सकेपछि दसैँसम्मका लागि रोजगारी गर्न उनीहरू भारत जाने गरेका हुन् । अहिले त्रिनगर भन्सार नाका, गड्डाचौकी नाकामा भारत जाने नेपाली युवाको लर्को लाग्ने गरेको छ ।

कैलालीको कैलारी गाउँपालिका–९ का विन्दु चौधरी रोपाइँ सकेर भारतको हिमाचल प्रदेशको सिमलामा स्याउ टिप्ने काममा जाने तयारीमा छन् । उनी अरुबेला ईंटा बनाउने काम गर्छन् र सिजन अनुसारको खेतीपाती गर्छन् । तर रोपाइँपछि हुने बेरोजगारीको समयमा भारतमा मजदुरी गर्दै आएको उनले जानकारी दिए ।

कैलालीको गौरीगंगा नगरपालिका–१०, नुक्लीपुरका भागीराम चौधरी पनि स्याउ टिप्ने कामका लागि भारत जाने तयारीमा छन् । उनले भने, ‘रोपाइँपछि यता कामधन्दा केही हुँदैन । रोजगारी पनि छैन । केही कमाउने आसमा सिमला जाने तयारीमा छौँ ।’ आफ्नो गाउँबाट दर्जनौँ युवा कामको खोजीमा भारत जाने तयारीमा रहेको नुक्लिपुर होम स्टेका अध्यक्ष दिनेश दहितले जानकारी दिए । कैलाली र कञ्चनपुरको विभिन्न गाउँबाट अहिले युवाहरू छोटो अवधिको रोजगारीका लागि भारततर्फ जान थालेका हुन् । यहाँ रोजगारी नपाइने भएकाले तन्नेरीदेखि ६० वर्ष लागिसकेका व्यक्ति पनि मजदुरीका लागि भारत गइरहेका छन् ।

उसो त सुदूरपश्चिमेलीहरू अहिले मात्रै होइन, बाह्रैमास कामको खोजीमा भारत जाने गरेका छन् । यहाँको ७ पहाडी जिल्लाकाका नागरिकहरू स्थानीयस्तरमा भरपर्दो काम नहुँदा भारतमै निर्भर छन् । तर, कति सङ्ख्यामा रोजगारीका लागि भारत जान्छन् भन्ने तथ्याङ्क छैन । हालसम्म कुनै पनि निकायले भारतमा काम गर्न जाने मजदुरको तथ्याङ्क राखेको भेटिन्न ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...