Skip to main content

धनगढी न्यूज

बिमाको औषधी पाउनै मुस्किल

Advertisement

काठमाडौँ, साउन ५ गते । सरकारी अस्पतालमा स्वास्थ्य बिमा अन्तर्गत उपचार गराउने बिरामीका लागि हाल एक हजार १३३ किसिमका औषधी निःशुल्क पाउने व्यवस्था छ तर स्वास्थ्य बिमा गराएका बिरामीले बिमा सुविधामार्फत औषधी पाउन निकै मुस्किल छ ।

सरकारी अस्पतालका फार्मेसीमा औषधी नपाउँदा  धेरै प्रकारका औषधी बाहिरका फार्मेसीमा महँगो मूल्यमा खरिद गर्न बिरामी बाध्य छन् ।

केही समयअघि वीर अस्पतालमा गोपाल शर्माको प्रोस्टेटको शल्यक्रिया हुँदा सात सयको औषधी स्वास्थ्य बिमामार्फत प्राप्त भए पनि १० हजारको औषधी बाहिरबाट ल्याउनु परेको थियो । उहाँले स्वास्थ्य बिमा नाम मात्रको रहेको गुनासो गर्दै भन्नुभयो, “बिमामार्फत उपचार गर्दा सबै औषधी बाहिरबाट खरिद गरेर ल्याएपछि स्वास्थ्य बिमा गरेको छ भन्ने अर्थ भएन ।”

वीर अस्पतालको फार्मेसीमा कार्यरत एक फर्मासिस्टका अनुसार वीरको फार्मेसीमा स्वास्थ्य बिमाको औषधी पाउन मुस्किल छ । केही समयअघि टेन्डर गरिएको थियो । टेन्डर गरे पनि पूरा औषधी आउन सकेको छैन । उहाँले वीरमा औषधी ल्याउन व्यापारी पनि डराएको बताउनुभयो  । व्यापारीले सामानको पैसा नपाएपछि  औषधी ल्याउन छाडेको उहाँको भनाइ छ ।

वीर अस्पतालका प्रवक्ता मोहन कोइरालाले स्वास्थ्य बिमामार्फत निःशुल्क दिनुपर्ने कतिपय औषधी नपाएको हुन सक्ने बताउनुभयो । उहाँले औषधी खरिदका लागि टेन्डरको प्रव्रिmयामा रहेकाले समस्या भएको बताउनुभयो । प्रवक्ता कोइरालाले भन्नुभयो, “सरकारी अस्पतालमा औषधी खरिदका लागि प्रक्रिया पु-याउनै समस्या भएकाले ढिलाइ हुन सक्छ, अब टेन्डर भएपछि  सहज हुन्छ ।” वीर अस्पतालमा औषधी खरिदका लागि टेन्डर प्रव्रिmया अगाडि बढिसकेको उहाँको भनाइ छ ।

स्वास्थ्य बिमा बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलले स्वास्थ्य बिमामार्फत एक हजार १३३ किसिमका औषधी स्वास्थ्य बिमा बोर्डले सूचीकृत गरेकाले ती औषधी स्वास्थ्य बिमा लागु भएका अस्पतालबाट निःशुल्क पाइने बताउनुभयो । कँडेलले भन्नुभयो, “आँखा, मुटुलगायतका स्पेसल अस्पतालहरूमा भने सबै प्रकारको औषधी नपाइन सक्छ, आँखा अस्पतालमा आँखासम्बन्धी मात्र औषधी पाइन्छ भने मुटु अस्पतालमा मुटुसम्बन्धी मात्र औषधी पाइन्छ ।”

भक्तपुर क्यान्सर अस्पतालमा पनि स्वास्थ्य बिमाले सूचीकृत गरेका सबै औषधी पाइँदैनन् । अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले क्यान्सरसम्बन्धी औषधी पाइने जानकारी दिनुभयो । उहाँले जनरल औषधी भने नपाउने गरेको बताउनुभयो । व्यापारीलाई पहिलेकै पेमेन्ट गर्नुपर्ने भएकाले औषधी नपाएको हुन सक्ने उहाँकोे भनाइ छ ।

स्वास्थ्य बिमा बोर्डले आगामी भदौ महिनादेखि एक हजार १३३ बाट बढाएर एक हजार २९० प्रकारका औषधी निःशुल्क पाउने व्यवस्था गरेको छ । सूचना अधिकृत कँडेलले कोही बिमितले औषधी नपाएको गुनासो लिएर बिमा बोर्डमा आएमा त्यस्ता अस्पतालमा अनुगमन गरेर सम्झौता नै रद्द गर्न सकिने बताउनुभयो । कँडेलले वीर अस्पताल, शिक्षण अस्पताल जस्ता ठुला अस्पतालमा औषधी नपाएमा बोर्डमा आएर गुनासो गर्न आग्रह गर्नुभयो ।

गोर्खापत्र बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...