19
Jul
काठमाडौँ, साउन ५ गते । सरकारी अस्पतालमा स्वास्थ्य बिमा अन्तर्गत उपचार गराउने बिरामीका लागि हाल एक हजार १३३ किसिमका औषधी निःशुल्क पाउने व्यवस्था छ तर स्वास्थ्य बिमा गराएका बिरामीले बिमा सुविधामार्फत औषधी पाउन निकै मुस्किल छ । सरकारी अस्पतालका फार्मेसीमा औषधी नपाउँदा धेरै प्रकारका औषधी बाहिरका फार्मेसीमा महँगो मूल्यमा खरिद गर्न बिरामी बाध्य छन् । केही समयअघि वीर अस्पतालमा गोपाल शर्माको प्रोस्टेटको शल्यक्रिया हुँदा सात सयको औषधी स्वास्थ्य बिमामार्फत प्राप्त भए पनि १० हजारको औषधी बाहिरबाट ल्याउनु परेको थियो । उहाँले स्वास्थ्य बिमा नाम मात्रको रहेको गुनासो गर्दै भन्नुभयो, “बिमामार्फत उपचार गर्दा सबै औषधी बाहिरबाट खरिद गरेर ल्याएपछि स्वास्थ्य बिमा गरेको छ भन्ने अर्थ…






