Skip to main content

धनगढी न्यूज

एसपीए क्याम्पसमा बिआइएम विद्यार्थीका लागि कार्यशाला सम्पन्न

Advertisement

धनगढीस्थित एसपीए क्याम्पसमा आज एक महत्त्वपूर्ण कार्यशाला आयोजना गरिएको छ।

कार्यशालामा बि.आइ.एम संकायका दोस्रो, चौथो तथा पाँचौँ सेमेस्टरका विद्यार्थीहरू सहभागी भएका थिए। क्याम्पसको सेमिनार हलमा सम्पन्न भएको यो कार्यशालामा विद्यार्थीहरूले आफ्नो शैक्षिक तथा व्यावसायिक जीवनलाई कसरी अझ प्रभावकारी बनाउने भन्ने विषयमा बहस र छलफल गरेका थिए।

उक्त कार्यशालामा विभिन्न वक्ताहरूले बि.आइ.एम विद्यार्थीहरूलाई अत्यावश्यक ठोस कदमहरू चाल्नुपर्ने र कसरी प्रतिस्पर्धात्मक बजारमा आफूलाई उभ्याउन सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरेका थिए। कार्यशालाबाट विद्यार्थीहरूले आफ्नो कोर्ससँग सम्बन्धित दस्तावेज निर्माण, व्यवस्थापन, तथा बजारमा आवश्यक रणनीति र व्यवस्थापन कौशलहरूको थप ज्ञान प्राप्त गरेको बताएका छन्।

कार्यक्रममा प्राध्यापक पुष्प राज ओझाले विभिन्न सत्रान्तमा तयार गर्नुपर्ने प्रतिवेदन, प्रयोगात्मक विवरण, प्रोजेक्ट रिपोर्टको एकरूपता तथा महत्वका बारेमा प्रस्तुति दिएका थिए। उनले विद्यार्थीहरूले यी दस्तावेजहरूको महत्व बुझ्नुपर्ने र तिनीहरूको निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

साथै, कार्यक्रम संयोजक धर्मराज भट्टले बि.आइ.एम कार्यक्रमलाई मात्र पाठ्यक्रममा सीमित नराखी, विभिन्न आईटी सम्बन्धी कार्यकलाप तथा अनुसन्धानमा पनि विद्यार्थीहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले विद्यार्थीहरूको लागि हरेक तवरबाट सहजीकरण गर्न आफूले प्रतिबद्धता व्यक्त गरेका थिए।

यस कार्यशालाले विद्यार्थीहरूलाई व्यावसायिक जीवनमा अत्यन्त उपयोगी हुने जानकारी तथा सीप प्रदान गरेकोमा सहभागीहरूले सन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...