Skip to main content

धनगढी न्यूज

Day: August 13, 2024

एसपीए क्याम्पसमा बिआइएम विद्यार्थीका लागि कार्यशाला सम्पन्न

एसपीए क्याम्पसमा बिआइएम विद्यार्थीका लागि कार्यशाला सम्पन्न

धनगढीस्थित एसपीए क्याम्पसमा आज एक महत्त्वपूर्ण कार्यशाला आयोजना गरिएको छ। कार्यशालामा बि.आइ.एम संकायका दोस्रो, चौथो तथा पाँचौँ सेमेस्टरका विद्यार्थीहरू सहभागी भएका थिए। क्याम्पसको सेमिनार हलमा सम्पन्न भएको यो कार्यशालामा विद्यार्थीहरूले आफ्नो शैक्षिक तथा व्यावसायिक जीवनलाई कसरी अझ प्रभावकारी बनाउने भन्ने विषयमा बहस र छलफल गरेका थिए। उक्त कार्यशालामा विभिन्न वक्ताहरूले बि.आइ.एम विद्यार्थीहरूलाई अत्यावश्यक ठोस कदमहरू चाल्नुपर्ने र कसरी प्रतिस्पर्धात्मक बजारमा आफूलाई उभ्याउन सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरेका थिए। कार्यशालाबाट विद्यार्थीहरूले आफ्नो कोर्ससँग सम्बन्धित दस्तावेज निर्माण, व्यवस्थापन, तथा बजारमा आवश्यक रणनीति र व्यवस्थापन कौशलहरूको थप ज्ञान प्राप्त गरेको बताएका छन्। कार्यक्रममा प्राध्यापक पुष्प राज ओझाले विभिन्न सत्रान्तमा तयार गर्नुपर्ने…
Read More
सुदूरपश्चिममा एक उपाध्यक्षसहित चार वडाध्यक्षका लागी उपनिर्वाचन हुँदै

सुदूरपश्चिममा एक उपाध्यक्षसहित चार वडाध्यक्षका लागी उपनिर्वाचन हुँदै

धनगढी: सुदूरपश्चिममा एक गाउँपालिकाका उपाध्यक्षसहित चार वडाध्यक्षको पद रिक्त छ। निर्वाचन आयोगका अनुसार बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकामा उपाध्यक्षको पद रिक्त छ। बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुँहु गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षको पद रिक्त छ। निर्वाचन आयोगले मङ्गलवार विज्ञप्ति जारी गर्दै २०७९ वैशाख ३० गतेको निर्वाचनमा निर्वाचित भएका पाँचवटा पद रिक्त रहेको जनाएको छ। निर्वाचन आयोगले आगामी मङ्सिर तेस्रो साता स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोग पदाधिकारीले प्रधानमन्त्री केपी ओलीसँग सोमबार भेटेर स्थानीय तहका रिक्त पदको उपनिर्वाचन तयारीबारे छलफल गरेका छन् । प्रधानमन्त्रीले मंसिरमा स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गराउन…
Read More
अत्तरियामा रहेको कृषि उपज थोक बजार व्यवस्थापन समितिको परिसरमा वृक्षारोपण

अत्तरियामा रहेको कृषि उपज थोक बजार व्यवस्थापन समितिको परिसरमा वृक्षारोपण

अत्तरिया : गोदावरी नगरपालिका अत्तरियामा रहेको कृषि उपज थोक बजार व्यवस्थापन समितिको परिसरमा वृक्षारोपण गरिएको छ । मंगलबार गरिएको बृक्षारोपणमा समी, धुपी, बाह्रमासे फूलहरू लगायत ८ भन्दा बढी जातिका करिब ४ सय बढी बोटबिरुवाहरु रोपिएको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टले बताए । अध्यक्ष भट्टले यस कृषि बजार भित्र एउटा मिनी बगैंचाको रूपमा स्थापना गर्न खोजिएको बताए । उनले वृक्षारोपणबाट बजार भित्रको पर्यावरण लाई सहयोग मिल्ने साथै संरचना सुन्दर हरियाली बनोस् भन्ने उद्देश्यले वृक्षारोपण गरिएको जनाए । वृृक्षारोपणमा गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्ट, नगर प्रवक्ता गोपाल दत्त भट्ट, समितिका पदाधिकारीहरु लगायत व्यापारीहरूको सहभागीता रहेको थिए ।  
Read More
सर्पको टोकाईबाट कैलालीमा एक बालकको मृत्यु

सर्पको टोकाईबाट कैलालीमा एक बालकको मृत्यु

धनगढीः सर्पको टोकाईबाट कैलालीमा एक बालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१० खमौराका बालक अखिल मालीको मृत्यु भएको हो। सर्पले डस्दा घाइते भएका अखिलको सोमवार नोभा हस्पिटल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो।    
Read More
कैलालीका केही सामुदायिक विद्यालयमा अब कक्षा ४ माथिको मात्र परीक्षा

कैलालीका केही सामुदायिक विद्यालयमा अब कक्षा ४ माथिको मात्र परीक्षा

धनगढी । कैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएका छन् । विद्यालयले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागू गरेका हुन् । अब कक्षा १ देखि ३ का लागि प्रश्नपत्र नबनाई निरन्तर मूल्याङ्कनका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने भएको छ । टीकापुर नगरपालिका र आसपासका पालिकाले कक्षा १ देखि ३ मा पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागू गरेका छन् । टीकापुरले यसै वर्षदेखि कक्षा १ देखि ३ पूर्ण रूपमा निरन्तर मूयाङ्कन लागू गरेको हो । कक्षा १ देखि ३ सम्मको आउने भदौ ४ गतेदेखि हुने सामुदायिक विद्यालयको प्रथम त्रैमासिक परीक्षाको प्रश्नपत्र निर्माण नगर्ने र निरन्तर मूल्याङ्कनका…
Read More
‘हेलो सरकार’ प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

‘हेलो सरकार’ प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेलो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा सोमबार निजामती कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारका काम कारबाहीबारे आमजनताले सहजरुपमा गुनासो र उजुुरी दिने व्यवस्था गरिएकाले उक्त संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने जनाएका छन् । ‘हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८’  बमोजिम उक्त संयन्त्र सञ्चालित छ । सो क्रममा सङ्गठनका अध्यक्ष लेखनाथ निरौलाले सङ्घीय निजामती ऐन चाँडो ल्याउनुपर्नेलगायत विषयमा ध्यानाकर्षणपत्र बुझाएका थिए ।
Read More
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ-प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा छ । त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनेछन् । यस्तै पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको छ । कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो…
Read More
युवा शक्तिको उपयोग

युवा शक्तिको उपयोग

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण युवा राष्ट्रको प्रमुख धरोहरका रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मानिन्छ । विश्वका युवा भविष्यको जिम्मेवार वर्ग हुन् । युवासँग अथाह चुनौतीसँग जुध्न सक्ने असीम बल हुन्छ । उनीहरूको संवेदनशीलता निश्चल र निर्मल हुन्छ । युवा प्रगति, परिवर्तन एवं क्रान्तिका दूत हुन् । त्यसैले त विश्वभरिका युवालाई सही दिशा र एउटा सुन्दर भविष्यको प्रेरणा प्रदान गर्न प्रत्येक वर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको प्रमुख उद्देश्य विश्वभरिका युवालाई जागृत गर्नु हो । युवा शक्तिको…
Read More