13
Nov
धनगढीः कैलालीको धनगढीमा महिलालाई स्वरोजगार बनाउन ‘शनिवारे’ मेला लाग्ने भएको छ। धनगढी उपमहानगरपालिकाले आगामी मंसिर १ गतेबाट प्रत्येक शनिवार महिला लक्षित मेलाको आयोजना गर्ने भएको छ। धनगढी उपमहानगरपालिका–१ पार्कमोडमा शनिवार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म मेला लाग्ने भएको हो। यसका लागि ३५ वटा स्टल तयार गरिन लागेको छ। खानेपानी, विद्युत्, शौचालय, स्टल तथा टेन्ट, टेबुल, कुर्सी, स्वास्थ्यकर्मीको टोली लगायत व्यवस्थासमेत गरिन लागेको उपमहानगरपालिकाले जनाएको छ। धनगढीमा स्थायी बसोबास गर्दै आएका महिलाहरूले आफ्नो सीप अनुसारका सामाग्री तथा बस्तु बिक्रीवितरण गर्न मेलाको आयोजना गरिन लागिएको नगरप्रमुख गोपाल हमालले बताए। उनले भने, ‘धनगढी उपमहानगरपालिकाले विशेष गरेर महिलालाई लक्षित गरेर, महिलालाई स्वरोजगार बनाउने लक्ष्यसहित…






