Skip to main content

धनगढी न्यूज

साल्ट ट्रेडिङ धनगढीले इन्डक्सन चुलोसँगै त्यसमा लाग्ने भाडासमेत बिक्री गर्दै

Advertisement

धनगढीः साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीले इन्डक्सन चुलो र त्यसमा लाग्ने भाडाँकुडाँ बिक्री गर्न थालेको छ।

यो वर्षको दशैंदेखि साल्ट ट्रेडिङले विद्युतीय चुलो र त्यसमा लाग्ने भाडाँवर्तन बिक्री गर्न थालेको हो। खाना पकाउने ग्यास र दाउराको खपत घटाउने उद्देश्यले इन्डक्सन चुलो बिक्री गर्न सुरु गरिएको छ। यो वर्षको दशैंदेखि साल्ट ट्रेडिङ प्रादेशिक कार्यालय धनगढीले विद्युतीय चुलो र त्यसमा प्रयोग हुने खाना पकाउने भाडाँ बिक्री गर्न सुरू गरेको हो।

साल्ट ट्रेडिङले बाल्ट्रा कम्पनीको दुई हजार वाटको इन्डक्सन चुलो, ५ लिटरको प्रेसर कुकर, कराई, ननस्टिक प्यान र फ्राइङप्यान बिक्रीका लागि राखेको छ। दुई हजार वाट क्षमताको इन्डक्सन चुलोको मूल्य चार हजार तोकिएको छ भने चार सेट भाडाँकुडाँको मूल्य ५ हजार ५ सय पर्ने साल्ट ट्रेडिङ कर्पोरेसन प्रादेशिक कार्यालय धनगढीका प्रमुख वासुदेव उपाध्यायले बताए।

नुनको देशैभरि आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङले रासायनिक मल तथा दैनिक उपभोग्य वस्तुको बिक्री गर्दै आएको छ। खाना पकाउने ग्यास विदेशबाट आयात हुने र महंगोसमेत पर्ने भएकाले स्वदेशमै उत्पादित बिजुली प्रयोग गरुन भनेर विद्युतीय चुलो र त्यसमा लाग्ने भाडाँकुडाँ बिक्री गर्न थालिएको उपाध्यायले बताए। चुलो मात्रै खरिद गर्न चाहने उपभोक्ताले चुलो मात्रै खरिद गर्न पाउने छन् भने भाडाँकुडाँको सेटसहित लैजान चाहने ग्राहकले सेटसहित चुलो खरिद गर्न पाउने छन्।

विद्युतमा खाना पकाउँदा धुवाँको समस्या नहुने, कम झन्झटिलो र ग्याँसको तुलनामा करिब ७/८ सय सस्तो पर्ने भएकाले विद्युतीय चुलो प्रयोग गर्नु किफायती र सजिलो हुने प्रमुख उपाध्यायले बताए। खाना पकाउन ग्याँस र दाउराको सट्टा सर्वसाधारणले समेत बिजुली प्रयोग गरून भन्ने उद्देश्यलदे साल्ट ट्रेडिङ मार्फत इन्डक्सन चुलो र त्यसमा लाग्ने चार थान भाडाँ बिक्री गर्न यो वर्षबाट सुरू गरिएको कार्यालयले जनाएको छ।दिनेश खबर बाट शाभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...