29
Nov
धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिएको छ। उद्योग वाणिज्य संघले तीन दिने लम्की महोत्सवको आयोजना गरेपछि विद्यालयमा विदा दिइएको हो। सोही महोत्सवलाई लक्षित गर्दै नगरपालिकाले महोत्सव अवधिभरका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। नगरपालिकाले बिहीबार सूचना जारी गर्दै महोत्सव अवलोकनका लागि मंसिर १४ देखि १६ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई बन्द गर्न निर्देशन गरेको हो। निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्तबहादुर भण्डारीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘मंसिर ६ गतेदेखि १६ गतेसम्म सञ्चालन भइरहेको लम्की महोत्सव २०८१ मा प्रस्तूत हुने विज्ञान प्रदर्शनी, विज्ञान प्रविधिका उपकरणहरुको प्रदर्शनी अवलोकन तथा नृत्य प्रतियोगिता हुने भएकाले स्थानीय विदा…






