Skip to main content

धनगढी न्यूज

उत्कृष्ट प्रधानाध्यापक, विद्यालय र स्थानीय तहलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने

Advertisement
प्रधानाध्यापक सङ्घ नेपाल (पान)ले देशभरिबाट उत्कृष्ट प्रधानाध्यापक, विद्यालय र स्थानीय तह छनोट गरी पुरस्कार तथा सम्मान प्रदान गर्ने गरेको छ। पानले आगामी २०८२ साल जेठ २६ र २७ गते हुने दोस्रो राष्ट्रिय सम्मेलन मा पनि यी तीनै किसिमका पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ। त्यसका लागि आवेदन आह्वान गरिएको छ।
हरेक प्रदेशबाट आधारभूत तहका एक, एक जना र माध्यमिक तहका एक, एक जना उत्कृष्ट प्रधानाध्यापक, साथै देशभरिबाट एक जना आधारभूत तहका महिला प्रधानाध्यापक र एक जना माध्यमिक तहका महिला प्रधानाध्यापक छनोट गरिनेछ। खुला र महिलातर्फ गरी जम्मा १६ जना उत्कृष्ट प्रधानाध्यापक छनोट हुनेछन्।
त्यस्तै, सातै प्रदेशबाट एक-एक वटा आधारभूत विद्यालय र एक-एक वटा माध्यमिक विद्यालयलाई पुरस्कार तथा सम्मान प्रदान गरिनेछ। यसअन्तर्गत देशभरिबाट १४ वटा विद्यालय पुरस्कृत तथा सम्मानित हुनेछन्। साथै, हरेक प्रदेशबाट एउटा गाउँपालिका र एउटा नगरपालिका, उपमहानगर तथा महानगरपालिकामध्येबाट एउटा उत्कृष्ट स्थानीय तह लाई पुरस्कार तथा सम्मान प्रदान गरिनेछ। देशभरिबाट १४ स्थानीय तह पुरस्कृत तथा सम्मानित हुनेछन्।
उत्कृष्ट प्रधानाध्यापकलाई प्रमाणपत्रका साथमा नगद पुरस्कार तथा सम्मान प्रदान गरिनेछ भने उत्कृष्ट विद्यालय र स्थानीय तहलाई प्रमाणपत्र प्रदान गरिनेछ।
आवेदन प्रक्रिया:
पुरस्कार तथा सम्मानका लागि २०८१/११/२५ गतेभित्र आवेदन आइपुग्नुपर्ने छ। आवेदन स्वयं व्यक्ति वा संस्थाले पठाउन सक्ने वा अन्य कसैले सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ।
आवेदन प्रधानाध्यापक सङ्घ नेपाल (पान) को इमेल principalsassociationofnepal@gmail.com मा पठाउन सकिनेछ वा पानको कार्यालयमा आइपुग्ने गरी पठाउनुपर्नेछ।
साथै, https://principalsassociation.org.np/ मा गई अनलाइन फारम भरी आवेदन दिन सकिनेछ।
थप जानकारीका लागि मोबाइल नम्बर 9841393227 मा सम्पर्क राख्न सकिनेछ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...