Skip to main content

धनगढी न्यूज

Day: February 8, 2025

उत्कृष्ट प्रधानाध्यापक, विद्यालय र स्थानीय तहलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने

उत्कृष्ट प्रधानाध्यापक, विद्यालय र स्थानीय तहलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने

प्रधानाध्यापक सङ्घ नेपाल (पान)ले देशभरिबाट उत्कृष्ट प्रधानाध्यापक, विद्यालय र स्थानीय तह छनोट गरी पुरस्कार तथा सम्मान प्रदान गर्ने गरेको छ। पानले आगामी २०८२ साल जेठ २६ र २७ गते हुने दोस्रो राष्ट्रिय सम्मेलन मा पनि यी तीनै किसिमका पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ। त्यसका लागि आवेदन आह्वान गरिएको छ। हरेक प्रदेशबाट आधारभूत तहका एक, एक जना र माध्यमिक तहका एक, एक जना उत्कृष्ट प्रधानाध्यापक, साथै देशभरिबाट एक जना आधारभूत तहका महिला प्रधानाध्यापक र एक जना माध्यमिक तहका महिला प्रधानाध्यापक छनोट गरिनेछ। खुला र महिलातर्फ गरी जम्मा १६ जना उत्कृष्ट प्रधानाध्यापक छनोट हुनेछन्। त्यस्तै, सातै प्रदेशबाट एक-एक वटा आधारभूत…
Read More