Skip to main content

धनगढी न्यूज

Month: February 2025

बालविहानी बोर्डिङ स्कुलको १८ औँ वार्षिक उत्सव सम्पन्न

श्री बालविहानी बोर्डिङ स्कुलले १८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ । विद्यालयले १ दिने कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ। उक्त अवसरमा विद्यालयले 2 जना उत्कृष्ट शिक्षकलाई सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरेको प्रिन्सिपल त्रिलोक प्रसाद जोशीले जानकारी दिएका छन्। बिहीवार भएको उक्त कार्यक्रममा सुशीला मिश् रजिउ प्रमुख आतिथ्य रहेको थियो। उक्त अवसरमा अध्ययनरत श्री बाल बिहानी स्कुलका विद्यार्थीहरूमध्ये विद्यालयका विभिन्न विधाका कार्यक्रममा प्रथम, दोस्रो र तृतीय हुने विद्यार्थीहरूलाई नगद पुरस्कार प्रमाणपत्र तथा मेडलद्वारा पुरस्कृत गरिएको थियो। कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका ५५ जना विद्यार्थी विभिन्न…
Read More
ग्लोबल कलेज इन्टरनेशनलका विद्यार्थीहरु सुदूरपश्चिम भ्रमणमा

ग्लोबल कलेज इन्टरनेशनलका विद्यार्थीहरु सुदूरपश्चिम भ्रमणमा

ग्लोबल कलेज इन्टरनेशनल , काठमाडौँमा बिएचएम छैटौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले होमस्टे तथा भ्रमणको लागि सुदूरपश्चिम प्रदेशलार्ई गन्तव्यको रुपमा छानेका छन् । सुदूर पश्चिम नेपालमा अवस्थित विभिन्न धार्मिक सांस्कृतिक , प्राकृतिक तथा महत्व बोकेका क्षेत्रहरुमा अवलोकन , त्यहाँको रहनसहन , चालचलन आदिको ज्ञान हासिल गर्ने उद्देश्यले यस क्षेत्रलाई आफ्नो भ्रमणको गन्तव्य बनाइएको क्याम्सले जनाएको छ । देशका अन्य भुभागभन्दा पृथक महत्व तथा चालचलन बोकेको सुदूर पश्चिम प्रदेशको अवलोकन भ्रमण तथा आतिथ्यताबाट आफूहरु प्रभावित भएको भ्रमण सहभागी विद्यार्थीहरुले बताएका छन् । उक्त भ्रमण टोली सुदूर पश्चिमको धनगढी पुगी पहाडि जिल्लाहरु अन्तर्गत खप्तड राष्टिय निकुन्ज क्षेत्र , डोटीको शैलेश्वरी मन्दिर , डडेल्धुराको उग्रतारा…
Read More
महासंघद्धारा विरोध सभाको आयोजना

महासंघद्धारा विरोध सभाको आयोजना

नेपाल शिक्षक महासंघ , प्रदेश आन्दोलन परिचालन समिति , सुदूर पश्चिम प्रदेशद्धारा आज सुदूर पश्चिमको धनगढीमा ध्यानाकर्षण , खबरदारी जुलुश तथा विरोध सभा आयोजना गरिएको छ । सबै किसिमका शिक्षकहरुलाई समेट्ने गरी गठन भएको उक्त महासंघ अन्तर्गतको प्रदेश आन्दोलन परिचालन समितिले आज ठिक १२ः०० बजे धनगढीमा भेला भई सो जुलुस तथा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगी विरोध सभा आयोजना गरेको हो । लामो समयसम्म देशमा शिक्षा ऐन जारी नभइसकेको परिप्रेक्ष्यमा संसदको यसै हिँउदे अधिवेशनबाट शिक्षकका माग सम्बोधन हुने गरी शिक्षा ऐन जारी गर्न दवाब स्वरुप यस विरोध सभाको आयोजना गरिएको समितिले जनाएको छ । विभिन्न शिक्षक संघसंगठनका तर्फबाट कार्यक्रमलाई…
Read More
क्रिकेट प्रवर्धक शाही सम्मानित

क्रिकेट प्रवर्धक शाही सम्मानित

सुदूरपश्चिम क्रिकेटको प्रवर्धक सुवास शाही सोमबार सम्मानित भएका छन् । एलआरआई स्कुलले आफ्नो ३७ औं स्थापनाको अवसरमा शाहीसहित विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई सोमबार राजधानीमा सम्मानित गरेको हो । एसपीए कपबाट सुदूरपश्चिममा क्रिकेटको रौनक ल्याएका शाहीले सन् २०१६ मा धनगढीमा अक्सनमार्फत सिटीबेस फ्रेन्चाइज क्रिकेटको नेपालमा पहिलो पटक सुरु गराएका थिए । त्यसपछि शाहीको नेतृत्वमा धनगढी क्रिकेट एकेडेमी सञ्चालनमा ल्याइएको थियो । शाहीलाई एलआरआईमा लक्ष्मण राजवंशी अवार्डसहित १ लाख रुपैयाँबाट सम्मानित गरिएको हो । यसै वर्षदेखि उनको संस्था गो ड्रिमर्समार्फत अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता गरिएको छ । सरकारले शाहीलाई फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको बोर्ड…
Read More
धनगढीका पाँच विद्यालयका एक हजार १८३ छात्रालाई पोसाक

धनगढीका पाँच विद्यालयका एक हजार १८३ छात्रालाई पोसाक

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले एक हजार एक सय ८३ छात्रालाई पोसाक वितरण सुरु गरेको छ। धनगढी उपमहानगरपालिकाको नगर प्रमुख शैक्षिक सुधार कोषको रकमले छात्राहरूलाई विद्यालय पोसाक वितरण थालिएको हो। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सचिवालयले कोषमा जम्मा भएको ५७ लाख ४० हजार सात सय ५० रुपैयाँबाट विद्यालय पोसाक वितरणको काम सुरु भएको बताएको छ। धनगढी उपमहानगरपालिकाका पाँच वटा नमुना विद्यालयहरूका छात्राहरूलाई पोसाक वितरण थालिएको हो। धनगढी उपमहानगरपालिकाको भवानी माध्यमिक विद्यालय, ठेकराज माध्यमिक विद्यालय, शिद्धनाथ माध्यमिक विद्यालय, बेहडाबाबा माध्यमिक विद्यालय र चन्द्रदोय माध्यमिक विद्यालयका एक हजार एक सय ८३ छात्रालाई एक जोड सट र पाइन्ट, एक जोड ट्राउजर र भेस्ट, एक झोला, २…
Read More
नवरात्रीको अवसर पारेर गंगेश्वर धाममा महायज्ञको आयोजना गरिने

नवरात्रीको अवसर पारेर गंगेश्वर धाममा महायज्ञको आयोजना गरिने

सुदूर पश्चिमको प्रसिद्ध तीर्थस्थल गंगेश्वर धाम अर्थात गहनान क्षेत्रमा श्रीमद् भागवत महायज्ञको आयोजना गरिने भएको छ । डोटी र डडेल्धुरा क्षेत्रको सीमानामा पर्ने उक्त गहनान क्षेत्रमा नवरात्रीको अवसर पारेर यही चैत्र १७ गतेबाट महायज्ञको आयोजना गर्न लागिएको हो । स्कन्द पुराणको मानसखण्डमा समेत चर्चा गरिएको उक्त क्षेत्रमा शाकल्य ऋषिले तपस्या गरेको तपोभूमीका रुपमा समेत गहनान क्षेत्रलाई लिने गरिन्छ । विभिन्न देवीदेवता मन्दिरहरु अवस्थित उक्त क्षेत्रमा पौराणिक महत्व बोकेका दुई नदीहरु कौसिक तथा शाकिल्या नदीको संगम पनि रहेको छ । त्यस क्षेत्रको सांस्कृतिक एवम् पर्यटकीय महत्व दर्शाउने हेतुले प्रचार प्रसार तथा प्रवद्र्धन गर्न आवश्यक ठानेर गहनान क्षेत्र विकास समितिले उक्त महायज्ञ…
Read More
अत्तरियादेखि धनगढीसम्म भोलि वृहत मोटरसाईकल र्‍याली

अत्तरियादेखि धनगढीसम्म भोलि वृहत मोटरसाईकल र्‍याली

अत्तरिया– कैलालीको अत्तरियादेखी धनगढीसम्म वृहत मोटरसाईकल र्‍याली निकालिने भएको छ । भोली (मंगलबार) राष्ट्रवादी युवा समुहले राष्ट्रिय झण्डासहितको वृहत र्‍याली निकाल्ने भएको हो । र्‍यालीको संयोजन गरिरहेका युवा विराज बिष्टले सार्वभौमता, स्वाधिनता र राष्ट्रिय एकता कायम राख्नका लागि र्‍याली आयोजना गर्न लागिएको बताए । त्यसका साथै पछिल्लो केही समययता अन्तरराष्ट्रिय स्तरमा देशको स्वाभिमान घट्दै आएको बेलामा राष्ट्रवादी योद्धाहरु जाग्न जरुरी रहेको सन्देश दिनलाई पनि र्‍याली आयोजना गर्न लागिएको बताए । उनले देशमा घटिरहेका विभिन्न घटनाक्रमहरुका विरुद्ध युवाहरुले आवाज उठाउन जरुरी रहेको समेत बताए । अत्तरिया बसपार्कबाट मंगलबार दिउँसो १२ बजेदेखी धनगढीसम्मका लागि र्‍याली आयोजना हुने बताउदै उनले र्‍यालीमा सहभागी भईदिन सम्पुर्णलाई…
Read More
महाशिवरात्रिका लागि आइपुगे साधुसन्त

महाशिवरात्रिका लागि आइपुगे साधुसन्त

काठमाडौं : महाशिवरात्रि नजिकिएसँगै छिमेकी मुलुक भारतसँगै नेपालका विभिन्न ठाउँबाट साधुसन्त काठमाडौं आउन थालेका छन् । यसै क्रममा नागा बाबाहरू जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गरेका छन्। जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौँस्थित विश्व सम्पति सूचीमा समावेश भएको पशुपति मन्दिरमा चार थरीका सम्रपदायका सन्त आउने गर्छन्। थाहा खबर बाट साभार  
Read More
सुदूरपश्चिमको सहरी क्षेत्रमा ४० दशमलव २१ प्रतिशत गरिबी

सुदूरपश्चिमको सहरी क्षेत्रमा ४० दशमलव २१ प्रतिशत गरिबी

धनगढी : सुदूरपश्चिम प्रदेशको सहरी क्षेत्रमा ४० दशमलव २१ प्रतिशत गरिबी रहेको छ। सुदूरपश्चिम प्रदेश सरकारको प्रतिवेदनमा सहरी क्षेत्रमा गरिबीको दर ४० दशमलव २१ प्रतिशत रहेको देखाइएको छ। सुदूरपश्चिम प्रदेशको ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रको गरिबी धेरै देखिएको हो। सुदूरपश्चिमका ग्रामीण क्षेत्रको गरिबी ३० दशमलव ८६ प्रतिशत रहेको छ। प्रदेश सरकारले नेपाल जीवनस्तर सर्वेक्षण अनुसार गरिबीको दर उल्लेख गरेको हो। प्रदेशको औसतमा गरिबी ३४ दशमलव १६ प्रतिशत रहेको छ। नेपालका सात वटा प्रदेशमा सबै भन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा छ। सुदूरपश्चिम प्रदेश भन्दा कर्णाली प्रदेशको गरिबी कम छ। कर्णाली प्रदेशको गरिबी २६ दशमलव ६९ प्रतिशत रहेको छ। लुम्बिनी प्रदेशको २४ दशमलव ३५…
Read More
बाजुराका १६ वर्षीय सुनिल बुढा (कछुवा) ‘दिनेश शर्मा स्मृति नवसर्जक प्रादेशिक पुरस्कार-२०८१’ बाट सम्मानित

बाजुराका १६ वर्षीय सुनिल बुढा (कछुवा) ‘दिनेश शर्मा स्मृति नवसर्जक प्रादेशिक पुरस्कार-२०८१’ बाट सम्मानित

धनगढीको कैलाली मोडेलमा कक्षा ११ मा अध्ययनरत बाजुराका १६ वर्षीय खण्डकाव्यकार तथा बालकवि सुनिल बुढा (कछुवा) ‘दिनेश शर्मा स्मृति नवसर्जक प्रादेशिक पुरस्कार-२०८१’ बाट सम्मानित भएका छन्। नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय कार्यालय हेटौंडाद्वारा आयोजित ‘दोस्रो नवसर्जक उत्सव तथा पहिलो केन्द्रीय अधिवेशन’ मा उनलाई यो सम्मान प्रदान गरिएको हो। बाजुराको खप्तड छेडेदह गाउँपालिकामा जन्मेका सुनिल बुढाले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिँदै आएका छन्। विशेष गरी कविता र खण्डकाव्य लेखनमा उनी सक्रिय छन्। उनका रचनाहरूमा नेपाली समाजको यथार्थ चित्रण पाइन्छ। २५ वर्ष मुनिका पुस्तक प्रकाशन गरिसकेका नवप्रतिभाहरूका लागि खोलिएको आवेदन प्रक्रियाबाट छनोट हुँदै उनले यो सम्मान प्राप्त गरेका हुन्। यस अवसरमा विभिन्न…
Read More